टाँडीका डिएसपी रानाको एक्सन : एक सय ८४ किलो चरेस सहित ३ जना पक्राउ
चितवन । चितवन प्रहरीले एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई शनिबार पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले आज (शनिबार) बिहान पाँच बजेको समयमा रत्ननगर नगरपालिका ३ शान्तिचोक स्थित जनप्रिय टोलमा रहेको स्थानीय विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेस सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका १५ बस्ने बर्ष ३२ का उद्वव अधिकारी, लमजुङ बस्ने २५ बर्षीया सुजन गुरुङ, सोही ठाउँ बस्ने बर्ष २३ को सुजन सार्की रहेका छन् ।

प्रहरी स्रोतका अनुसार स्थानीय बिष्णु पन्तको घरलाई सोही नगरपालिकाको वडा नं १५ निवासी उद्धव अधिकारीले गोदामका रुपमा प्रयोग गर्दै आएका थिए । गोदाम गरिएको उक्त स्थानमा अवैध चरेस लुकाइराखेको भन्ने सूचना प्राप्त भएपश्चात टाँडीका प्रहरी प्रमुख रानाको कमान्डमा खटिएको टोलीले ३२ वटा कार्टुनमा १९२ वटा चेवनपरासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरिएको थियो ।

पक्राउ परेकाहरूलाइ अहिले ईलाका प्रहरी कार्यालय टाँडीमा राखिएको छ भने, उनीहरुलाइ भोलि आइतबार लागूऔषध ओसारपसार कसुरमा सम्मानित चितवन जिल्ला अदालतमा बुझाउने प्रहरी स्रोतले जनाएको छ । यस बिषयमा टाँडी प्रहरीले भने अनुसन्धानकै सिलसिलामा रहेकोले केही बताउन नमिल्ने बताउँदै आएको छ । पक्राउ परेकाहरूलाइ भोलि (आइतबार) नै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी रहेको प्रहरीले जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्