प्रतिबन्धित बिष्फोटजन्य पदार्थ (पटका) बिक्री गरेको आरोपमा एक जना पक्राउ
चितवन । चितवनमा प्रतिबन्धित बिष्फोटकजन्य पदार्थ (पटका) बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भारत देश पुर्वी चम्पारण मोतिहारी जिल्ला प्रताप मठिया घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित चनौलीमा डेरा लिई बसोबास गर्दै आएका २९ बर्षिया बिकास साहलाइ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका साहले पटका बिक्रीबितरण गरिरहेको भन्ने सुचनाको आधारमा खटिएको खटिएको प्रहरीको टोलीले उनको कोठामा खानतलासी गर्दा प्रतिबन्धित सानो पटका २०४४ पिस, रकेट पटका १०० पिस, झुरझुरे पटका १०० पिस र ठुलो खुर्सानी पटका २ प्याकेट फेला परेको थियो ।
पक्राउ परेका साह विरुद्ध बिष्फोटजन्य पदार्थ सम्बन्धी मुद्धामा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्