नारायणगढको खाजा घरभित्र यौनधन्दा सञ्चालन : तीन जना पक्राउ
चितवन । चितवन प्रहरीले मानव बेचबिखनको मुद्दामा संलग्न रहेको आरोपमा ३ जनालाइ पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
नारायणगढको लायन्स चोकस्थित बिकास खाजा घरमा दुइ महिलालाई राखी यौन धन्दा गराउने कार्य भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले होटल सञ्चालक धादिङ थाक्रे गाउँपालिका–३ बस्ने ४२ वर्षीय बिकाश भन्ने भोजबहादुर तामाङ र उनकी श्रीमती ३४ वर्षीय बिपना तामाङलाइ पक्राउ गरी सार्वजनिक गरिएको हो ।
त्यस्तै, बारा जिल्लाको बारागढी गाउँपालिका वर्डा नम्बर ६ सिहसनी बस्ने २८ वर्षीया राजेश चौधरीलाइ समेत प्रहरीले पक्राउ गरेको छ । उनी ग्राहक बनेर त्यहाँ पुगेका थिए । उनीहरुलाइ आइतबार जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले रितपुर्वक छापा मारी पक्राउ गरी दुइ जना किशोरीलाई समेत उद्वार गरिएको बताइएको छ ।
खाजा घरका संचालकद्वयले किशोरीहरुलाई लुगा धुने, खाना पकाउने तथा सरसफाई लगायतको काम दिन्छु भनी राखिएको र बिभिन्न आर्थिक प्रलोभन तथा दबाबमा पारी खाजा घरमा आउने ग्राहकहरुसँग यौनकार्यमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
(एसपी) अधिकारीका अनुसार पक्राउ परेकाहरुउपर सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्