बागमती प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण
चितवन । वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश जंग कार्कीले आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण तथा अनुगमन गरेको छ । प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधि एवं अन्य श्रोत साधनहरुको निरीक्षण साथै अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउने उद्देश्यले उक्त निरीक्षण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी अधिकारीहरुसँग भेटघाट गर्दै प्रदेश प्रहरी प्रमुख समेत रहेका कार्कीले समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्था र भइरहेका कामकारवाहीका सन्दर्भ बारे जानकारी लिएका हुन् ।

कार्यालयको सम्पुर्ण शाखा, मेश, भवन, हिरासत कक्ष र ब्यारेक भवनको निरीक्षण गर्दै प्रहरी अधिकृत तथा जवानहरुलाई (कोभिड १९) को प्रतिकुल समयमा पनि चितवन प्रहरीले गरिरहेको कामकारबाही उत्कृष्ट रहेको भन्दै प्रशंसा समेत ब्यक्त गरे । निरीक्षणका क्रममा उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई जनमुखी प्रहरी सेवा प्रवाहका विषयमा समेत निर्देशन दिएका छन् ।

चितवन प्रहरी भनेको माहानगरमा खटिने प्रहरी भएकोले शारीरिक तथा मानसिक रुपमा दुरुस्त रही अझै सक्रिय रूपमा उच्च मनोबलका साथ काम गर्न, उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पुरा गर्न तथा प्रहरी कर्मचारीहरुले आफूलाई तोकिएको र दिईएको जिम्मेवारीलाई उच्च सतर्कताका साथ कार्यसम्पादन गर्नुपर्ने बताउँदै नागरिक संग सभ्य, मर्यादित एवं शिष्ट व्यवहारसंगै प्रहरी काम कारवाहीमा कडा रुपमा प्रस्तुत हुन उनले निर्देशन गरेका थिए । कार्कीले गएको असार १४ गतेदेखि प्रदेश प्रहरी प्रमुखको रूपमा नेतृत्व सम्हाल्दै आएका छन् ।

क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्