चितवनमा एटीएमको बुथभित्र तोडफोड गरी चोरी गर्न खोज्ने एक जना पक्राउ
चितवन । चितवनमा एटीएमको बुथभित्र तोडफोड गरी चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार आज (बुधबार) बिहान १२ बजेर ३७ मिनेटको समयमा रत्ननगर नगरपालिका वडा नम्बर ०१ टाँडीस्थित रहेको माछापुच्छ्रे बैंक लिमिटेडको शाखामा रहेको एटीएम बुथभित्र तोडफोड गरी रकम चोरी गर्न खोज्ने रत्ननगर नगरपालिका वडा नम्बर ०२ आदर्शनगर बस्ने २८ बर्षीया पुष्प भन्ने भरत परियारलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
परियारलाइ घट्ना घटेको १२ घण्टा बित्न नपाउँदै आज (बुधबार) बिहान ११ बजे ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीको विशेष टोलीले तोडफोड गर्न प्रयोग गरिएको फलामको हथौंडा एक थान सहित पक्राउ गर्न सफल भएको बताइएको छ । पक्राउ परेका उनीमाथी चोरी उद्योगमा मुद्दा चलाई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । उनलाई भोली (बिहीबार) अदालतमा बुझाउने तयारी प्रहरीको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्