प्रहरीलाई अभद्र ब्यवहार गर्ने तीन जना पक्राउ

चितवन । ड्युटीमा खटिएको प्रहरीलाई अभद्र ब्यवहार गर्ने तथा कामकारबाहीमा अवरोध सृजना गरेको आरोपमा चितवनबाट ३ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
आज शुक्रबार बिहान १२ बजेको समयमा भरतपुर महानगरपालिका ३ लाइन्सचोकमा मादक पदार्थ सेवन गरी होहल्ला गरी सवारी आवागमनमा अवरोध पुर्याउदै गरेका युवाहरूलाई सम्झाई बुझाई गर्ने क्रममा ड्युटीमा रहेका प्रहरीलाई अभद्र ब्यवहार गरी हातपात गर्न खोजेको आरोपमा प्रहरीले उनीहरुलाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा लम्जुङ सुन्दरबजार नगरपालिका ९ बस्ने बर्ष २४ को प्रबिन घले, कालिका नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष २३ को मनिष नगर र सोही ठाउँ बस्ने बर्ष २५ को बिर बहादुर गुरुङ रहेका छन् ।
कर्तव्य पालनको सिलसिलामा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र ब्यवहार तथा हातपात गर्न खोज्ने उनीहरुलाइ नियन्त्रणमा लिइ आवश्यक कार्वाही तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पछिल्लोपटक चितवन प्रहरीले जिल्लामा हुने अपराधीक गतिविधिलाइ निष्तेज पार्न विशेष प्राथमिकताका साथ रणनीति सुरु गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्