खैरहनीबाट नगद ९२ हजार रुपैयाँँ सहित पाँच जना जुवाडे पक्राउ
चितवन । चितवन प्रहरीले खैरहनीबाट नगद ९२ हजार रुपैयाँँ सहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ ।
पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ स्थित राप्ती अटो वर्कशपको माथिल्लो तलामा जुवा खेल भइरहेको भन्ने विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीको विशेष टोलीले नगद ९२ हजार ६ सय ६५ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको जनाईएको छ ।
पक्राउ पर्नेहरूमा चन्द्र प्रसाद श्रेष्ठ, हरिशरण तिमिल्सिना, दिपेश बर्तौला, सन्दिप उप्रेती र सुदिप गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेकाहरुलाई अहिले हिरासतमा राखी थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्