प्रतिबन्धित लागूऔषध सहित दुइ जना पक्राउ

चितवन । चितवन प्रहरीले छुट्टाछुट्टै स्थानहरुबाट लागूऔषध सहित दुुइ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत, जेठ ९ गते राप्ती नगरपालिका ३ गड्यौलीबाट लागूऔषध नाईट्राजेपाम ४९० ट्याब्लेट सहित राप्ती नगरपालिका २ बस्ने २५ बर्षिया सुदिप भन्ने तारानाथ पाण्डेलाइ पक्राउ गरिएको जनाएको छ ।
त्यस्तै, प्रहरीले जेठ १० गते भरतपुर महानगरपालिका ११ स्थित मालपोतचोक नजिकै बाट रजत श्रेष्ठले संचालन गरेको मुक्तिनाथ डिजिटल फार्मेसीबाट समेत प्रतिबन्धित लागूऔषध सहित फार्मेसीका संचालक ३५ बर्षिया रजत श्रेष्ठ लाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठको साथबाट प्रहरीले केयरज्याक लेखेको १७ एम्पुल, नुरफ्रिङ १७ एम्पुल, फेनेरागन १७ एम्पुल, नाइट्रावेट १० लेखेको ३८ थान ट्याब्लेट समेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेेका दुबै विरुद्ध सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए । पछिल्लो समय चितवनमा निषेधाज्ञा बढेसँगै प्रहरीको समेत सक्रियता बढ्दै गएको छ । प्रहरीको सक्रियताकै बाबजुद लागूऔषध कारोबारीहरु समेत धमाधम पक्राउ पर्दै आएका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्