निषेधाज्ञाको समयमा पसल खोल्ने सात जना सञ्चालक पक्राउ
चितवन । चितवन प्रहरीले निषेधाज्ञाको समयमा पसल खोली ब्यवसाय सञ्चालन गरेको आरोपमा ७ जना पसल संचालक लाइ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज (बुधबार) विहान नारायणगढको कमलनगर, पुतलीबजार र पोखरा बसपार्क क्षेत्रमा जिल्ला प्रशासन कार्यालयको निर्देशनलाइ अवज्ञा गरी पसल संचालन गरेको आरोपमा सञ्चालकहरुलाइ पक्राउ गरेको जनाएको हो ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाइ रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले बैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा गर्दै आएको छ ।
दोस्रोपटक थपिएको निषेधाज्ञा भोलि (बिहीबार) सकिदै छ । यसैक्रम्मा, प्रशासनले तोके भन्दा छुट्टै समयमा ब्यवसायी सञ्चालनमा आउने गरेको गुनासोको आधारमा निगरानी बढाएको र सोही आधारमा नारायणगढ क्षेत्रका ७ जना पसल सञ्चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेका व्यवसायीहरुलाई अहिले वडा प्रहरी कार्यालय नारायणगढमा राखिएको छ ।
यता, प्रशासनले जारी गरेको निर्देशनलाइ अटेर गर्ने जोकोही भए पनि कार्वाहीको दायरामा ल्याएरै छाड्ने चितवन प्रहरीका प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्