ड्युटीमा खटिएका प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ
चितवन । ड्युटीमा खटिएका प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका वडा नंम्बर १ बस्ने ३० बर्षीया प्रकाश थारू रहेका छन् ।
भरतपुर महानगरपालिका वडा नंम्बर ३ स्थित ओरालो सडकमा शंकास्पद अवस्थामा चलाईरहेका ना ५ ख ३१०२ नंम्बरको ट्रकलाइ ड्युटीमा खटिएका प्रहरीले रोकी कागजपत्र चेकजाँच गर्न खोज्दा उनलेे एक हजार रुपैयाँ घुस दिन खोजेका थिए । सवारी दर्ता किताबभित्र एक हजार रुपैयाँ घुस दिन खोज्ने थारुलाई (मंगलबार) नियन्त्रणमा लिइ थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
पछिल्लो समय चितवनमा प्रहरी प्रमुखको रूपमा (एसपी) ओम प्रसाद अधिकारीले जिम्मेवारी सम्हाले यता घुस दिन खोज्ने सवारी चालकहरु भटाभट पक्राउ पर्दै आएका छन् । केही दिन अगाडी मात्रै चितवन प्रहरीले सवारीसाधनबाट पैसा लिने तथा ड्युटीमा खटिएका प्रहरीलाई दुर्ब्यबहार गर्ने गैंडाकोट नगरपालिका २ बस्ने ३२ बर्षिया सुजन शाही र कावासोती नगरपालिका १४ बस्ने २८ बर्षिया राज कुमार श्रेष्ठलाइ पक्राउ गरेको थियो ।

त्यस्तै, ड्युटीमा खटिएका प्रहरी हवल्दार हरी बहादुर घर्ती मगरलाइ सवारी चेकजाँचका क्रममा एक सय रुपैयाँ घुस दिन खोज्ने नवलपुर बुलिङटार गाउँपालिका २ देउराली बस्ने ३२ बर्षीया भरत लुंगेली मगरलाइ समेत पक्राउ गर्न चितवन प्रहरी सफल भइसकेको छ ।

क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्