ड्युटीमा खटिएका प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ

चितवन । ड्युटीमा खटिएका प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका वडा नंम्बर १ बस्ने ३० बर्षीया प्रकाश थारू रहेका छन् ।
भरतपुर महानगरपालिका वडा नंम्बर ३ स्थित ओरालो सडकमा शंकास्पद अवस्थामा चलाईरहेका ना ५ ख ३१०२ नंम्बरको ट्रकलाइ ड्युटीमा खटिएका प्रहरीले रोकी कागजपत्र चेकजाँच गर्न खोज्दा उनलेे एक हजार रुपैयाँ घुस दिन खोजेका थिए । सवारी दर्ता किताबभित्र एक हजार रुपैयाँ घुस दिन खोज्ने थारुलाई (मंगलबार) नियन्त्रणमा लिइ थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
पछिल्लो समय चितवनमा प्रहरी प्रमुखको रूपमा (एसपी) ओम प्रसाद अधिकारीले जिम्मेवारी सम्हाले यता घुस दिन खोज्ने सवारी चालकहरु भटाभट पक्राउ पर्दै आएका छन् । केही दिन अगाडी मात्रै चितवन प्रहरीले सवारीसाधनबाट पैसा लिने तथा ड्युटीमा खटिएका प्रहरीलाई दुर्ब्यबहार गर्ने गैंडाकोट नगरपालिका २ बस्ने ३२ बर्षिया सुजन शाही र कावासोती नगरपालिका १४ बस्ने २८ बर्षिया राज कुमार श्रेष्ठलाइ पक्राउ गरेको थियो ।
त्यस्तै, ड्युटीमा खटिएका प्रहरी हवल्दार हरी बहादुर घर्ती मगरलाइ सवारी चेकजाँचका क्रममा एक सय रुपैयाँ घुस दिन खोज्ने नवलपुर बुलिङटार गाउँपालिका २ देउराली बस्ने ३२ बर्षीया भरत लुंगेली मगरलाइ समेत पक्राउ गर्न चितवन प्रहरी सफल भइसकेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्