ड्युटीमा खटिएका प्रहरीलाई घुस दिने खोज्ने ट्रक चालक लुंगेली पक्राउ
चितवन । ड्युटीमा खटिएका प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई चितवन प्रहरीले आज (शनिबार) पक्राउ गरेको छ । बिहान अन्दाजी पौने ९ बजेको समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित ड्युटीमा खटिएका प्रहरी हवल्दार हरी बहादुर घर्ती मगरलाइ सवारी चेकजाँचका क्रममा एक सय रुपैयाँ घुस दिन खोज्ने नवलपुर बुलिङटार गाउँपालिका २ देउराली बस्ने ३२ बर्षीया भरत लुंगेली मगरलाइ प्रहरीले पक्राउ गरेको हो ।
हवल्दार धर्ती मगरले ना ३ ख २३२२ नम्बरको ट्रकलाई रोकी कागजपत्र चेकजाँच गर्ने क्रममा उनको साथमा सवारी अनुमतिपत्र थिएनन् । चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीका अनुसार आवश्यक कागजात नभइसकेपछि ट्रकका चालक लुंगेलीले चितवन राईस मिल समितिको चलानी पत्र भित्र एक सय रुपैयाँ घुस दिएपछि उनलाई पक्राउ गरिएको बताए ।
साथै, पक्राउ परेका ट्रक र त्यसका चालकलाई आवश्यक कार्वाहीका लागी अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याईएको उनको भनाइ छ । उनीमाथि थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ । पछिल्लोपटक चितवन प्रहरीले घुस लिने प्रहरीलाई कार्वाही मात्रै नभइ घुस दिन खोज्नेलाइ सवारी चालकलाई समेत कार्वाहीको दायरामा ल्याएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्