दुर्लभमाथि भएको आक्रमणको अनेरास्ववियुद्वारा भत्सर्ना, दोषीलाई पक्राउ गर्न चितवन प्रहरीलाई २४ घण्टा अल्टिमेटम
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन चितवनले आफ्ना केन्द्रीय सदस्य दुर्लभ शाहीमाथि भएको आक्रमणको भर्त्सना गरेको छ ।
युनियनका सह-संयोजक बसन्त आचार्यले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै शाहीमाथि भएको आक्रमणको घटना प्रति भर्त्सना गरेका हुन् ।
घट्ना घटेको तीन दिन बितिसएक्दा समेत चितवन प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै अनेरास्ववियु चितवनले आफ्नु गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै, उसले घटनाका दोषी लाई २४ घण्टा भित्र पक्राउ गरी कारबाही गर्न पनि माग गरेको छ । अनेरास्ववियु चितवनले २४ घण्टा भित्र दोषीलाइ पक्राउ नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।
अनेरास्ववियुका केन्द्रीय सदस्य शाहीमाथि गत, फागुन १४ गते (शुक्रबार) राती साँढे १० बजेको समयमा इच्छाकामना गाउँपालिका ७ स्थित आफ्नै घरमा सुतिरहेको समयमा आक्रमण भएको थियो । आक्रमणमा सोही गाउँपालिकाका मिलन गुरुङको नेतृत्वमा आएका २०/२५ जनाको समूहले घेरा हाली ढुंगा, मुढा सहित सांघातिक आक्रमण गरेको आरोप अनेरास्ववियुको छ । उनीमाथि घरेलु हात हतियारबाट आक्रमण भएको जनाइएको छ । उनको अहिले पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्