Techie IT
आईतबार, वैशाख २१,२०८२

काभ्रेस्थलीमा ३० लाखको कृषि समूह भवन शिलान्याश


तारकेश्वर काठमाडौं । तारकेश्वर २ काभ्रेस्थलीमा नयाँ कृषि समूहको भवन शिलान्याश गरिएको छ । प्रदेश सांसद योगेन्द्र संगौलाद्धारा बिनियोजीत ३० लाख रुपैया बराबरबको बजेटमा काभे्रस्थली सामुदायीक कृषक समूहको भवन निमार्ण हुन लागेको हो ।

करिव ४ आना श्रेत्रफलको जग्गामा निमार्ण हुने सो भवनको शिलान्यास नेकपाका केन्द्रिय सदस्य एवं तारकेश्वरका समाजसेवी लेखनाथ फँयालले गरेका छन । बटुकहरुद्धारा शान्ति स्वती एवं पूजा आजा सहित गरिएको शिलान्यास कार्यक्रममा वडा अध्यक्ष रवीन्द्र के.सी , जनप्रतिनिधिहरु , लगायत स्थानीयको बाक्लो उपस्थीती रहेको थियो ।

तारकेश्वर वडा नं २ भित्र बसोबास गर्ने ६५ जना सदस्यहरु रहेको यो समूहले मासीक रुपमा बचत गरीनुका साथै किसानहरुलाई गाँई पालन , कुखुरापालन , तरकारीखेती लगायतका कार्यमा सहजीकरण गर्दे आएको अध्यक्ष प्रकाश फुँयालले बताए ।

फुँयालका अनुसार समूले हाल सम्म प्रदेश ज्ञानकेन्द्रबाट ३ वटा पावर ट्रेलर , ३ वटा बिधुतिय धान चुट्ने मेसीन ,प्राप्त गरिएको छ ।
काभे्रस्थली सामुदायीक कृषक समूहको भवन निमार्ण सम्पन्न भएपछि प्रशासनिक कामका साथै कृषि संकलन केन्द्र , मल बिउँ भण्डार लगायतको कार्यमा सहज हुने छ ।

समूहका सदस्यहरुले उत्पादन गरेका तरकारी , दुध लगायतका उत्पादनहरुलाई संकलन गरि बजार ब्यवस्थान गरिने अध्यक्ष फुँयालको भनाई छ ।

 

 


क्याटेगोरी : स्थानीय
ट्याग : #काभे्रस्थली सामुदायीक कृषक समूह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:20 am6:40 pm +0545