म्यान्मारमा भएको सैनिक ‘कू’ प्रति कडा आपत्ति जनाउँदै सेनाविरुद्ध आवश्यक कदम चालिने धम्की
अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारमा भएको सैनिक ‘कू’ प्रति कडा आपत्ति जनाउँदै सेनाविरुद्ध आवश्यक कदम चालिने धम्की दिएका छन् ।
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर सेनाले देशको शासन सत्ता हातमा लिएको घटनालाई अमेरिकाले कडा शब्दमा आलोचना गरेको हो ।
राष्ट्रपति बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् । त्यसो नभए अमेरिकाले “उचित कदम” चाल्ने बताएका छन्।
अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेतृ सू चीको गिरफ्तारिलाई “भयभीत पार्ने” भनि व्याख्या गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले मङ्गलवार म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ।
युरोपेली सङ्घ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन्।
-बीबीसीबाट
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #जो बाइडन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्