म्यान्मारमा भएको सैनिक ‘कू’ प्रति कडा आपत्ति जनाउँदै सेनाविरुद्ध आवश्यक कदम चालिने धम्की

अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारमा भएको सैनिक ‘कू’ प्रति कडा आपत्ति जनाउँदै सेनाविरुद्ध आवश्यक कदम चालिने धम्की दिएका छन् ।
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर सेनाले देशको शासन सत्ता हातमा लिएको घटनालाई अमेरिकाले कडा शब्दमा आलोचना गरेको हो ।
राष्ट्रपति बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् । त्यसो नभए अमेरिकाले “उचित कदम” चाल्ने बताएका छन्।
अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेतृ सू चीको गिरफ्तारिलाई “भयभीत पार्ने” भनि व्याख्या गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले मङ्गलवार म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ।
युरोपेली सङ्घ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन्।
-बीबीसीबाट
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #जो बाइडन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्