दर्शकको मन जित्दै सरोजको निरकमला

मेलम्ची । काँठ क्षेत्रका चर्चित एबम सबैको मन मुटुमा बस्न सफल भएका लोकदोहोरी गायक सरोज लामिछानेको एकपछी अर्को गित हिट हुँदै गएको छ । पछिल्लो समय भर्खरै सार्बजनिक भएको निरकमला गित उत्कृष्ट भएको दर्शक तथा श्रोताले बताएका छन । सिन्धुपाल्चोकको माटोमा जन्मिएका लामिछानेले सांगितिक बजारमा नेपाली लोक गीतको छुट्टै स्थान खडा गरिसकेका छन् । निरकमला अहिले लोकप्रिय बन्दै गइरहेको छ ।
गीतको कोरियोग्राफरमा दिपक बी.सी. रहेका छन् भने गोविन्द पराजुली र सागर बाजुराली रिकोडिस्ट रहेका छन् ।उक्त गीतमा लोक दोहोरी गीतका गायक सरोज लामिछानेका साथै रेखा लामाले स्वर दिएकी छन् । विराज फुयाल र सन्दिप घिमिरेले निर्देशन गरेको गीतको भिडीयोमा दिनेश थापा, राजेश ढकाल, प्रीति तामाङ, सिर्जना किराति, मनीष खड्का, सिमा भण्डारी, सुनीता अधिकारी र कृतिषा कार्कीको अभिनय हेर्न सकिनेछ ।
लामिछानेको नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोकप्रिय गायक एवम् सर्जक सरोज लामिछानेको गीत ‘निरकमला’ सार्वजनिक भएको छ ।
उक्त गीतको सम्पादन अविनाश डी.सी. ले गरेका छन् । त्यस्तै गीतको शब्द संकलन अनि लय पनि स्वयम् गायक सरोज लामिछानेले नै गरेका हुन् । गीत सरोज लामिछाने नामक युट्युव च्यानल मार्फत हेर्न सकिने लामिछानेले बताउनुभयो ।
यसअघिका चर्चित बदम खाको सुन्तला छोडाको,सालको पात हे माया,हे मेरो सानू,कोठा भाडा तिर्दिने मैले हो जस्ता थुप्रै गितले दर्शक तथा श्रोताको मन जितिसकेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सरोज लामिछाने, #सरोजको निरकमला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्