फेसबुकमा (फेक) आइडी बनाइ अश्लील सामाग्री पठाउने चितवनका एक युवक पक्राउ
चितवन । सामाजिक सञ्जाल फेसबुकमा (फेक) आइडी बनाइ अश्लील सामाग्री पठाउने चितवनका एक युवक पक्राउ परेका छन् । कसरा (नाम परिवर्तित) एक महिलालाई यौनजन्य, अश्लील सन्देश तथा तस्वीर पठाउने, यौन अश्लीलतायुक्त अनर्गल सामाग्री पोस्ट गरी अपमान गर्ने र हैरानी दिने जस्ता कार्यमा संलग्न रहेको आरोपमा चितवनको माडी नगरपालिका ६ कल्याणपुरका ३५ बर्षीया थम बहादुर बिश्वकर्मालाइ साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनलाइ जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा चितवनबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं सुचना अधिकारी नविन्द्र अर्यालले जानकारी दिए । पक्राउ परेका बिश्वकर्मालाइ बिद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिमको कसुरमा पक्राउ गरिएको र उनी माथि ७ दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको समेत ब्यूरोका प्रवक्ता अर्यालले जानकारी दिए । पीडित युवतीले उजुरी गरेको एक साताभित्रै फेसबुकसंगको समन्वयमा बिकलाइ आफूहरुले पक्राउ गर्न सफल भएको ब्यूरोले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्