चितवनमा एक प्रहरीद्वारा आत्महत्या

चितवन । चितवनमा एक प्रहरी हवल्दारले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको सामुदायिक प्रहरी सेवा केन्द्रमा कायारर्त ३५ बर्षीया प्रहरी हवल्दार होम प्रसाद ढकालले गएराती आत्महत्या गरेका हुन् ।
शुक्रनगरमा रहेको आफ्नै घर नजिकैको आँपको रुखमा पासो लगाइ झुन्डिएर उनले आत्महत्या गरिएको प्रहरी स्रोतले जनाएको छ । ढकाल एक बर्षअघि मात्रै हवल्दारमा बढुवा भएका थिए । झन्डै १५ बर्ष अगाडी प्रहरी जवानमा भर्ना भएका उनी सामुदायिक प्रहरी सेवा केन्द्रमा रहदा आफूलाई दिएको जिम्मेवारी इमान्दारीपुर्वक निर्वाह गर्ने गरेको उनी संँगै काम गर्ने प्रहरीहरु बताउँछन् ।
उनले आत्महत्या गरेको क्षेत्र इलाका प्रहरी कार्यालय दिब्यनगरको मातहतमा पर्दछ । हवल्दार ढकालले आत्महत्या गरेको खबर पाएसंगै जिल्ला प्रहरी कार्यालय चितवनको मुद्दा फाँट्मा कायारर्त प्रहरी निरीक्षक स्याम कुमार बस्नेतको कमान्डमा प्रहरीको टोली मुचुल्का उठाउन घट्नास्थलतर्फ परिचालन भएको थियो ।
अहिले टोलीले मुचुल्का उठाउने काम सकेर शवलाई पोस्टमार्टम गर्न भरतपुर अस्पतालमा पठाइएको छ भने, पोस्टमार्टमको काम सकिएसंगै शवलाई आफन्तको जिम्मा लगाउने चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्