भण्डारामा प्रहरी प्रमुख गिरीको एक्सन: नक्कली नोट कारोबारीमा संलग्न थप एक जना पक्राउ
चितवन । इलाका प्रहरी कार्यालय भण्डाराले नक्कली नोट कारोबार गर्नेहरु प्रति कार्वाही अभियानलाई निरन्तरता दिदै आएको छ । भण्डाराको प्रहरी प्रमुखमा राजीव गिरीले नेतृत्व सम्हालेयता नक्कली नोट खरिद गर्नेहरु प्रति प्रहरीको कार्वाही अभियानले तीव्रता पाएको हो ।
यसैक्रम्मा गएराती ९ बजेेेेको समयमा इलाका प्रहरी कार्यालय भण्डाराले नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा भण्डाराका प्रहरी प्रमुख राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका ५ घर भई चितवनको कालिका नगरपालिकास्थित जुटपानी मन्दिर नजीकबाट ४५ वर्षीय रामबहादुर थिङलाई पक्राउ गरिएको हो ।
फरार रहेका थिङलाई प्रहरीले ३ दिनदेखी लगात्तार खोजी गर्दै आएको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका थिङ्ग झन्डै तीन बर्ष देखि कान्छी श्रीमतीसँग बस्दै आएका थिए । पछि प्रहरीले उनलाइ खोजी गरिरहेको भन्ने सुचना पाएपछ उनी जेठी श्रीमतीको शरणमा त्यहाँ पुगेका थिए । उनी त्यहाँ पुगेको आधा घण्टा भित्रै प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।
यसअघि प्रहरी प्रमुख गिरीकै कमाण्डमा खटिएको प्रहरीले कार्तिक ४ गते ३ लाख २१ हजार मकवानपुर राक्सिराङ ८ बस्ने २६ बर्षीया जीत बहादुर लोप्चनलाई चितवनको राप्ती नगरपालिका ५ चौकीडाँडाबाट पक्राउ गर्न सफल भएको थियो । भने, त्यस्तै गिरीकै कमान्डमा खटिएको प्रहरीको टोलीले गत कार्तिक १३ गते मकवानपुर राक्सिराङ ८ बस्ने चन्द्रबहादुर घलानको साथबाट ३० हजार रुपैयाँ नक्कली नोट समेत बरामद गर्न सफल भइसकेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्