भण्डाराका प्रहरी प्रमुख राजीवको एक्सन : ३० हजार रुपैयाँँ नक्कली नोट बरामद

चितवन । ईलाका प्रहरी कार्यालय भण्डाराले (हिजो) बिहीबार ३० हजार रुपैयाँ नक्कली नोट बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका वर्डा नम्बर ८ बाट चन्द्र बहादुर घलानको साथमा रहेको उक्त नक्कली नोट बरामद गरेको हो । उनको साथबाट प्रहरीले एक हजार रुपैयाँ बराबरको ३० थान नक्कली नोट बरामद गरेको छ ।
बरामद गरिएको उक्त रकम गत, कात्तिक ४ गते राप्ती नगरपालिका ५ स्थित भण्डारा बजारमा नक्कली पैसा सहित पक्राउ परेका जीत बहादुर लोप्चनको रहेको छ । पक्राउ परेका लोप्चन माथि थप अनुसन्धान गर्दै जाँदा गाउँमा ऋण तिर्ने क्रम्मा उक्त रकम दिएको बताएपछि प्रहरीले नक्कली नोट बरामद गर्न सफल भएको हो । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
यसअघि गत, कार्तिक ४ गते मंगलबार दिउँसो तीन बजे तीन लाख २१ हजार रुपैयाँ नक्कली नोट सहित मकवानपुर राक्सीराङ गाउँपालिका ८ बस्ने २६ वर्षीया जीतबहादुर लोप्चनलाई राप्ती नगरपालिका वर्डा नम्बर ५ चौकीडाँडाबाट प्रहरीले पक्राउ गरेको थियो ।
“पक्राउ परेका लोप्चनलाई सार्वजनिक गर्दै चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङ “
नक्कली जस्तो देखिने एक हजार रुपैयाँको १२ थान जाली नोट सहित सामान किन्ने क्रम्मा नक्कली पैसा दिई मानिस फरार रहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले लोप्चनलाइ पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका लोप्चनमाथि थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक गिरीले यहाँको कमान्ड सम्हालेपछि पहिलोपटक ठूलो सफलता हात पार्न सफल भएका छन् । यता, चितवन प्रहरीले पनि बजारमा नक्कली नोटको बिगबिगी बढेकोले सतर्क रहन सबैमा अपिल गर्दै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##नक्कलीनोट #चितवनप्रहरी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्