भण्डाराका प्रहरी प्रमुख राजीवको एक्सन : ३० हजार रुपैयाँँ नक्कली नोट बरामद
चितवन । ईलाका प्रहरी कार्यालय भण्डाराले (हिजो) बिहीबार ३० हजार रुपैयाँ नक्कली नोट बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका वर्डा नम्बर ८ बाट चन्द्र बहादुर घलानको साथमा रहेको उक्त नक्कली नोट बरामद गरेको हो । उनको साथबाट प्रहरीले एक हजार रुपैयाँ बराबरको ३० थान नक्कली नोट बरामद गरेको छ ।
बरामद गरिएको उक्त रकम गत, कात्तिक ४ गते राप्ती नगरपालिका ५ स्थित भण्डारा बजारमा नक्कली पैसा सहित पक्राउ परेका जीत बहादुर लोप्चनको रहेको छ । पक्राउ परेका लोप्चन माथि थप अनुसन्धान गर्दै जाँदा गाउँमा ऋण तिर्ने क्रम्मा उक्त रकम दिएको बताएपछि प्रहरीले नक्कली नोट बरामद गर्न सफल भएको हो । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
यसअघि गत, कार्तिक ४ गते मंगलबार दिउँसो तीन बजे तीन लाख २१ हजार रुपैयाँ नक्कली नोट सहित मकवानपुर राक्सीराङ गाउँपालिका ८ बस्ने २६ वर्षीया जीतबहादुर लोप्चनलाई राप्ती नगरपालिका वर्डा नम्बर ५ चौकीडाँडाबाट प्रहरीले पक्राउ गरेको थियो ।
“पक्राउ परेका लोप्चनलाई सार्वजनिक गर्दै चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङ “
नक्कली जस्तो देखिने एक हजार रुपैयाँको १२ थान जाली नोट सहित सामान किन्ने क्रम्मा नक्कली पैसा दिई मानिस फरार रहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले लोप्चनलाइ पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका लोप्चनमाथि थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक गिरीले यहाँको कमान्ड सम्हालेपछि पहिलोपटक ठूलो सफलता हात पार्न सफल भएका छन् । यता, चितवन प्रहरीले पनि बजारमा नक्कली नोटको बिगबिगी बढेकोले सतर्क रहन सबैमा अपिल गर्दै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##नक्कलीनोट #चितवनप्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्