उत्कृष्ट कार्य गर्ने रामेछापका ट्राफिक प्रमुख पाण्डे पुरास्कृत
रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख (असई) रामेश्वर पाण्डे ६५ औं प्रहरी दिवशबाट शुक्रबार पुरस्कृत भएका छन् ।

प्रहरी दिवशको अवसरमा पाण्डेलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेका हुन् । कोरोना कहरका कारण भब्य समारोह नगरी प्रहरी दिवश मनाउने निर्णय भएसँगै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट हस्ताक्षर उक्त प्रमाणपत्र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हस्तान्तरण गरेका हुन् ।

रामेछापमा प्रहरी प्रमुखको नेतृत्व सम्हाल्न पुगेका असई पाण्डेले विभागको लागी गरेको योगदानको कदर स्वरुप उनलाई ट्राफिक प्रहरी व्यबस्थापन तर्फबाट पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै, यस्ले अन्य प्रहरी कर्मचारीहरुको समेत मनोबल बढ्ने प्रधान कार्यालयका प्रवक्ता कुबेर कडायतले बताए । प्रवक्ता कडायतले भने, राम्रो गर्नेलाई पुरास्कृत र नराम्रो गर्नेलाई दण्ड दिने अभियान स्वरुप उनलाइ पुरास्कृत गरिएको हो । उनले भने, हेड्क्वाटरले कस्ले कसरी काम गरिरहेको छ भन्ने मोनिटरिङ गरिरहेको हुन्छ ।
यता, पुरस्कृत ट्राफिक प्रमुख पाण्डेले बिभागले आफ्नु कामको मुल्यांकन गरि पुरास्कृत गरेकोमा आफू लाई थप काम गर्न उर्जा थपिएको बताए । उनले भने, पुरास्कृत भएपछि थप काम गर्न सहज हुन्छ । आगामी दिनमा जिल्लाको ट्राफिक व्यवस्थापनमा अझै कठोर भएर अघि बढ्ने उनको थप भनाईं थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##नेपालप्रहरी #असई #रामेश्वरपाण्डे #रामेछाप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्