Techie IT
सोमबार, वैशाख २२,२०८२

कार्तिकदेखि धार्मिकस्थल एवं शक्तिपीठ खोल्ने तयारी


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना कहरका कारण देशभरमा बन्द रहेका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताएका छन् ।

गृह जिल्ला ताप्लेजुङ भ्रमणमा गएका मन्त्री भट्टराईले सुकेटार विमानस्थलमा “कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई क्रमशः निश्चित सङ्ख्यामा खोल्दै लैजाने सरकारको तयारी रहेको बारेमा सञ्चारकर्मीहरुसँग भनेका हुन्।

दश,ैं तिहार, छठ लगायतका चाडबाडहरु नजिकिएसंगै लामो समयदेखिको बन्दाबन्दीले धार्मिक तथा साँस्कृतिक पर्यटनको क्षेत्रमा परेको प्रभावलाई न्युन गर्नका लागी स्वास्थ्य सतर्कतासहित धार्मिकस्थल एंव शक्तिपीठहरु खोल्दै लैजाने स्पष्ट पारे । मन्त्री भट्टराईले आगामी मन्त्रिपरिषद्को बैठकमा धार्मिक क्षेत्रलाई खुला गर्ने प्रस्ताव लैजाने र पारित भएमा कार्तिक देखि खोल्ने बताएका हुन।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धार्मिक शक्तिपीठ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545