सय रुपैयाँ घुस लिने प्रहरी जवान कार्वाहीमा
चितवन । बागमती ट्राफिक प्रदेश प्रहरी कार्यालय रामनगर चितवनले घुस खाएको आरोपमा एक जना प्रहरी जवानलाई कार्वाही गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङमा कार्यारर्त प्रहरी जवान प्रकाश श्रेष्ठलाई एक सय रुपैयाँ घुस खाएको आरोपमा प्रदेश ट्राफिक प्रहरी कार्यालयले नसिहेत दिएर कार्वाही प्रक्रियालाई अगाडी बढाएको एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
दुई हप्ता अगाडी मात्रै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवानद्वय नवीन कुमार परियार र लालबहादुर चाैधरीलाई प्रदेश ट्राफिक प्रहरी कार्यालयले घुस खाएको आरोपमा निलम्बन गरेको थियो भने हवल्दार बसन्त श्रेष्ठलाई भने नसिहेत दिएको थियो । पछिल्लोसमय बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रहरी सुदृढीकरण भन्दै प्रहरी निरीक्षकको कमान्डमा संयुक्त अप्रेसन नै सञ्चालनमा ल्याएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##घुस #ट्राफिक #प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्