खबर प्रभाव : बदनाम सई घलानलाई जिम्मेवारीबाट हटाइयो, छानबिन हुँदै
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको कर्मचारी प्रशासन शाखामा कार्यारर्त सई लाल बहादुर घलानलाई जिम्मेवारीबाट हटाइएको छ । आइतबार ‘साझापाना अनलाइन’ले चितवन प्रहरीमा सई घलानको आतंक भन्ने शीर्षकमा खबर ब्रेक गरे सँगै चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले घलानलाई कप्रको जिम्मेवारीबाट हटाएर थप छानबिन गरिरहेको प्रहरी स्रोतले बताएको छ ।
उमेर नपुग्दै नागरिकतामा मात्रै उमेर बढाएर प्रहरी सेवामा भर्ना भएका सई घलानले बिगत चार बर्षयता एसपीलाई हातमा लिएको छु, मैले जे भने, जे गरे त्यहीं हुन्छ भन्दै आफ्नै समकक्षी र सानो दर्जाका कर्मचारीलाई समेेेत भन्ने गरेका थिए । नातावाद, कृपावादमा लागेर घलानले प्रशासन चलाएको भन्दै सिनियर प्रहरी अधिकृतले नै एसपी गुरुङलाई बारम्बार गुनासो राखे पनि उनी यस बिषयमा गम्भीर भएका थिएनन् ।
सइ घलानले हवल्दारदेखि सई इन्चार्ज हुने प्रत्यक मातहतका युनिट इन्चार्जहरू जो एसपी गुरुङसँग नजिक छन्, तिनीहरूलाई डिएसपी सुर्य बहादुर थापाले परिवर्तन गर्न लागेको र अर्को व्यक्ति खोज भनेको भन्दै आर्थिक फाइदा लिने गर्छन् भने जो डिएसपीका नजिक छन् , त्यस्ता युनिटका इन्चार्जलाई एसपी गुरुङले परिवर्तन गर्न खोजेको र अर्को मान्छे खोज भनेको भन्दै फाइदा समेत लिने गरेको स्रोतको भनाइ छ ।
चितवनमा अहिले झण्डै ६२ वटा मातहतका युनिटहरु रहेका छन् । ती सबै युनिटमा एसपीको नाममा चौकी इन्चार्जबाट रकम अशुल्ने र चौकीका प्रत्यक सिपाही हवल्दारलाई टेलिफोन नै गरेर अनावश्यक दु:ख दिदै आएका छन् । एक महिना अघि मात्रै लामो समयदेखी कार्यारर्त रहेका प्रहरी कर्मचारीलाई अदलीबदली गर्नुपर्ने भन्दै ठूलो संख्यामा प्रहरी कर्मचारीलाई फेरबदल गरे पनि सबै उनी निकटकालाई मात्रै पठाईएको छ ।
अदली बदलीकै क्रम्मा चितवनका प्रहरी प्रमुखले सई घलानलाई मातहतको कुनै एक चौकीको इन्चार्ज भएर जान भने पनि घलानले मानेका थिएनन् । उनले आफू कप्रमै बस्ने बताएका थिए । स्रोतका अनुसार सई घलानको ज्यादत्ती र उपद्रोले चितवनमा प्रहरी जवान देखी प्रहरी निरीक्षकसम्मका सबै आजीत छन् । यता, नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले ‘साझापाना अनलाइन’ ले घलानको बिषयमा खबर ब्रेक गरेपछि प्रहरी प्रधान कार्यालयले गम्भिर ध्यानाकर्षण भएको जनाएको थियो । उनले आइतबार नै चितवनका प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङलाई फोन गरेर घलानलाई कप्रको जिम्मेवारीबाट हटाएर आवश्यक छानबिन गर्न समेत निर्देशन दिइएको थियो ।
यसैबीच, सई घलान माथि अहिले बागमती प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालय दुबैले छुटाछुट्टै छानबिन समिती गठन गरेर छानबिन गर्ने तयारी गरिरहेको स्रोतले बताइएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका एक प्रहरी अधिकृतका अनुसार प्रहरी प्रधान कार्यालयले छानबिन गर्न निर्देशन दिएको बताउँदै आफूहरुले प्रहरी कर्मचारीमाथि परेका उजुरी अथवा गुनासोउपर छानबिन गर्न कुनै कसर बाँकी नराख्ने बताए । यता, चितवन प्रहरीका एक निरीक्षकले भने, उनलाई हेड्क्वाटर तानेर छानबिन गरेको खण्डमा सबै छर्लङ्ग हुने बताए । हेड्क्वाटरले जति पत्राचार गरे पनि केही हुँदैन, उनले भने, घलान र उनीहरुको समूह नै रहेको छ । उनका अनुसार सई घलानको चितवन जिप्रका, मकवानपुर जिप्रका र प्रदेश प्रहरी कार्यालयमा रहेको कप्रमा सेटिङ हुने गरेको छ । जागिरको दौरानमा सबैभन्दा बढी मकवानपुर र चितवन बस्न पाएका भाग्यमानी घलान रहेको उनको भनाइ छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्