प्रचण्ड कार्यकारी अध्यक्ष र महाधिवेशन यसैबर्ष

काठमाडौँ , २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिने सर अर्का अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सरकारले दैनिक कामकारवाही जारी राख्न सक्ने तर राष्ट्रिय महत्वका विषयमा पार्टीको निर्णय सरकारले मान्नुपर्ने बताए ।
बैठक गत असार १० गतेदेखि जारी भएको बैठक बल्ल आज सकिएको थियो । बैठकको बीचमा पार्टी संचालनमा विवाद आएपछि गत साउन १८ गतेबाट स्थगित हुदै आएको थियो ।
उनका अनुसार त्यस्तो प्रस्ताव आएमा सचिवालयको सुझाव, दुई अध्यक्षको सहमतिमा निर्णय हुनेछ । पार्टीको महाधिवेशन चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले एमसीसीका बारेमा भने अझै निर्णय गर्न सकेन । बैठकको सुरुमै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी एकताको पक्षमा उभिएर प्रतिक्रियावादीलाई जवाफ दिइएको बताएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्