३५ हजार जनालाई पुग्ने खाना एक दिनमै नष्ट गर्न सक्ने सलह किराको बारे थाहा पाउनुहोस (भिडियो)

केही वर्षयता अमेरिकी फौजी किराले तराईमा मकैबाली र गोलभेंडालगायतका बाली नष्ट गरिरहेका
बेला अर्को हानिकारक किरा प्रजाति सलहको जोखिम बढेको छ । दक्षिण अफ्रिकाबाट फैलिएको सलह
केन्या, सोमालिया, तान्जानिया, युगान्डा, दक्षिणी सुडान, डिबोटी, इथियोपिया, इरान र पाकिस्तान हुँदै
भारतसम्म यसकोप्रकोप देखा परिसकेको छ ।
सलह एक फट्याङ्ग्रा प्रजातिको किरा हो । यसको सिङ छोटो हुन्छ । यसको पछाडिका खुट्टा दह्रा र मोटा
हुन्छन्भनेयो किरा समूहमा बस्न मन पराउँछ । यसले जमिनको तल बालुवामा ६० देखि ८० वटाको
समूहमा अण्डा पार्दछ र यसले जीवनभरमा तीन पटकसम्म अण्डा पार्न सक्छ ।
१० देखि ६५ दिनमा अण्डाबाट बच्चाको स्वरुप लिन्छ । यी बच्चाहरू १ देखि ३ महिनामा पूर्ण वयस्क
बन्दछन् । यि वयस्क किराको आयु ४ देखि ५ महिनासम्म हुँन्छ । वयस्क किरा लामो समयसम्म
हावामा उड्न सक्दछ र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा नै गर्न सक्छ ।
यो सलह किराले न्यानो हावापानी मन पराउँछ । बालुवा भएको जमिनमा यसले बढी अण्डा पार्न
रुचाउँछ । तर यसका लागि हुरी र आँधी प्रतिकुल मैसम हो।
सलहको उत्पत्तिको प्रमुख स्रोत अफ्रिका महादेशमा भए पनि यिनीहरुको संख्यामा भएको बढोत्तरीसँगै
खानाको खोजीमा टाढासम्म पुग्नेगर्छन । यो किरा एक दिनमा ५०० किलोमिटर टाढासम्म उडेर जान
सक्छ ।
संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनको तथ्याङ्क अनुसार एउटा किराले प्रतिदिन दुई ग्रामसम्म
खान सक्छ । एक किलोमिटरको हुलमा हुने सलह करीब चारदेखि आठ करोड संख्यामा हुन्छन् । यि
किराले ३५ हजार जनालाई पुग्ने खाना एक दिनमै नष्ट गर्न सक्छन् । यो अफ्रिका महादेशको रैथाने
फट्याङग्रा जातको किरा हो । यसले अत्यधिक तापक्रम र मरुभूमि भएका ठाउँमा आफ्नो जीवनचक्र
सञ्चालन गर्दछ ।
दक्षिण अफ्रिकाबाट इरान, साउदी अरब, पाकिस्तान, अफगानस्तान हुँदै यो किरा भारतको राजस्थान र
दिल्ली आइपुगेको हो। दिल्लीसँग नेपाल नजिक भएकाले पनि सूदूरपश्चिम प्रदेशबाट नेपाल प्रवेश गर्न
सक्छ । यो किरा राजस्थानमा पहिलादेखि नै थियो तर, यस पटक दिल्लीसम्म आइपुगेकाले नेपाल
आउने सम्भावना बढेको हो।
यदि हामीले ईतिहाँस हेर्ने हो भने पनि नेपालमा ६० वर्षअघि धादिङ, काठमाडौं लगायत जिल्लामा
सलहको प्रकोप देखिएको थियो । त्यस यता सलह नेपाल आइपुगेको छैन ।
बीबीसीको रिपोर्ट अनुसार राजस्थान, मध्यप्रदेश गुजराततिर ५० हजार हेक्टरभन्दा बढी जमिनमा
लगाइएको बालीनाली सलहले सोत्तर पारेको छ । जीववैज्ञानिकहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले
लेखे अनुसार, सलहका कारण यो क्षेत्रभरि खाद्यसंकट उत्पन्न हुन सक्छ ।
उता पाकिस्तानमा हालसालै सलहसँग लड्न चीनले एक लाख हाँस पाकिस्तान पठाउनेचर्चा सञ्चार
मध्यममा आएको थियो । एक कृषि विज्ञका अनुसार एउटा हाँसले प्रतिदिन २०० भन्दा बढी सलह
खान्छ र हाँस कीटनाशकभन्दा बढी प्रभावकारी हुन सक्छ ।
एउटा कुखुराले प्रतिदिन करिब ७० वटा सलह खान सक्छ तर त्यसको तुलनामा हाँसले तीन गुणाभन्दा बढी सलह खान सक्ने सक्छ । त्यसैलेपनि कुखुराको तुलनामा हाँस बढी प्रभाबकारी हुँन सक्छ ।
तर केही अनुसन्धानकर्ताले भने सलह नियन्त्रणका लागि हाँसको प्रयोगको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । किनकी हाँसहरू पानीमा निर्भर हुन्छन् । तर पाकिस्तानका मरुभूमिमा तापमान निकै सुख्खा छ त्यसैले जमिन मात्र भएको
स्थानमा भने हाँसको प्रयोग अनुकूल नहुन सक्छ ।
एसिया महादेशमा पर्ने देशहरू जस्तै– भारत, पाकिस्तान, इरानमा पनि यसले क्षति र्पुयाउन सुरु
गरिसकेको छ । यसलाई संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले सलह लाई ९ीयअगकत० प्लेगको
संज्ञा दिएको छ ।
यो किराको आकार अफ्रिका, मध्यपूर्व र एसियाका खाडी देशमा आजको तुलनामा ७०
वर्षपहिले देखिएकोभन्दा २० गुणा ठूलो मानिएको छ । ती देशका सरकारहरूले यसलाई कोरोना भाइरस
र अमेरिकी फौजी किराभन्दा धेरै गुणा क्षति र्पुयाउन सक्ने भनी दाबी गरिरहेका छन् । सोहीअनुसार
यसको नियन्त्रणको तयारीमा लागेका छन्।
हालसालै भारतमा यो किराले पाँच लाख हेक्टर क्षेत्रफलमा लगाइदिएको बालीलाई पूर्ण रुपमा क्षति
पुयाइसकेको अनुमान गरिएको छ । भारतको पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, उत्तर प्रदेशमा
देखापरिसकेको सलहले ठूलो क्षेत्रफलमा लगाइएको गहुँ, तोरी, कपास, मकै, मसला बालीहरू पूर्णरुपमा
क्षति र्पुयाइसकेको छ ।
सुरुमा गुजरातमा देखिएको सलह सात सय किलोमिटरको दुरीमा रहेको राजस्थानमा देखिएको छ ।
पञ्जाब, उत्तर प्रदेश र मध्यप्रदेशमा यो सलह फैलिन थालिसकेको छ ।
यसले के देखाउँछ भने सलहको प्रकोपबाट अब नेपालमा जोडिएका भारतीय भू–भागहरू जस्तै–
उत्तराखण्ड र उत्तरप्रदेश बढी जोखिम हुने देखिन्छ । भारतको उत्तरी क्षेत्रमा फैलिएमा नेपालको पश्चिमी
भाग वा पश्चिम दक्षिण भागबाट छिर्न सक्ने सम्भावना धेरै नै देखिन्छ ।
सलह किराको प्रकोप विगतका वर्षहरूमा भारतमा असार महिनादेखि असोजसम्म देखिने गरेकोमा हाल
वैशाख–जेठबाट नै प्रकोपको रूपमा देखिएको हुनाले यसले आफ्नो आनुवांशिक गुण बदलेको र यसको
वृत्ति विकासका लागि उपयुक्त हावापानी पाउन थालेको अनुमान गर्न सकिन्छ ।
अर्काेतर्फ मनसुन सुरु भएको दुईदेखि तीन हप्तासम्म यसको प्रजनन् क्षमता बढी हुने हुँदा यी माथि उल्लेखित भारतीय
भूमिहरूमा अब मनसुन सुरु भएकाले पनि यसको प्रकोप बढ्न गई नेपालमा प्रवेश गर्ने सम्भावना
बढेको देखिन्छ ।
विज्ञहरू यसरी सलह बढ्नुमा हाल भएको जलवायु परिवर्तनलाई महत्वपूर्ण कारण ठान्दछन् । यही
जलवायुमा भएको परिवर्तनले यिनीहरूको जनसंख्या आठ हजार गुणासम्म बढेको बताइएको छ ।
विगतमा पनि यसरी सलहको बढोत्तरी हुने गरेको पाइएको छ । वातावरणमा भएको सुख्खापनले
यिनीहरूको जनसंख्या ह्वात्तै बढेको र यसको प्रकोप लामो समयसम्म रहने देखिन्छ ।
भिडियो
https://www.youtube.com/watch?v=G0kHThizJ0M
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सलह किरा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्