राप्रपा प्रदेश निर्वाचन: भारी मतले थूसा विजयी

प्रदीप ढकाल ,भक्तपुर
आश्विन ३०, मंगलवार।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भक्तपुर जिल्लामा पार्टीको प्रदेश अधिवेशन सम्पन्न गरेको छ । भक्तपुरमा रहेको ४ वटा प्रदेशनिर्वाचन क्षेत्र मध्य ३ क्षेत्रमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् भने क्षेत्र नं. १ ‘ख’ मा भने निर्वाचन भएको छ । यहाँ किसन थूसाले भारीमतअन्तरले विजयी भएका हुन् ।
यसैबीच अन्य प्रदेश अन्तर्गत क्षेत्र १ प्रदेश (क) मा बद्री भडेल अध्यक्ष सहित १५ सदस्य कार्य समिति निर्विरोध निर्वाचित भएका छन् भनेक्षेत्र २ प्रदेश (क) मा मोहन के सीको अध्यक्षतामा १५ सदस्य कार्य समिति निर्विरोध निर्वाचित भएका छन्। क्षेत्र २ प्रदेश(ख) मा भनेरत्नमान चन्द्योको अध्यक्षतामा १५ सदस्य कार्य समिति निर्विरोध निर्वाचित भएका छन्। यसैबीच आजै मंगलवार भक्तपुरमा आयोजितएक समारोहका बीच नवनिर्वाचित अध्यक्ष सहितका पदाधिकारी र सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नवनिर्वाचित अध्यक्ष सहित सदस्यहरुले निर्वाचन अधिकृत बद्रीप्रसाद नेपालबाट शपथ लिएका हुन् ।
शपथ ग्रहण समारोहमा प्रमुख अतिथि पुर्बमन्त्री तथा (राप्रपा) केन्द्रीय कार्यसम्पादन सदस्य टंक ढकाल रहेका थिए भने कार्यक्रममाबिशेष अतिथि राप्रपा केन्द्रीय सहमहामन्त्री रबिन्द्र प्रताप शाहको पनि उपस्थिती रहेको थियो। कार्यक्रममा २०८० को वडा दशैं, शुभदिपावली, नेपाल सम्वत् ११४४ र छठपर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान पनि गरिएको थियो।
क्याटेगोरी : निर्वाचन बिशेष
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्