नयाँ वर्ष
प्रकाश तिवारी
बिस्तारै हिंड बिस्तारै हिंड नयाँ वर्ष
तिम्रो गति संगै
मेरो बुढेउली झन् छिटो बढ्छ
मलाई यो पनि थाहा छ
तिम्रो हरेक वृद्धिले
मलाइ बुढेउलीको नजिक पुर्याऊँछ
उजाड जर्जर रंगहीन बनाऊँछ ।
तेसैले त म
तिमीसङ्ग झस्केको छु ।
तिम्रो पदचापसंग तर्सेको छु
म त संधै
जवान रहन चाहने मान्छे
यो कस्तो मेरो बुद्दु सोच
कस्तो आलोकाँचो बिचार
किन मलाई था नभएको ?
तिम्रो क्रमिक वृद्धिले
मलाई थप नयाँ अनुभव
पनि त दिन्छ ।
एक नयाँ छितिज पनि त देखाऊँछ १
जुन मैले
आजसम्म नदेखेको
नभोगेको हुनसक्छ।
जुन हिजोभन्दा समुन्नत
कालजयी पनि हुनसक्छ ।
तेसैले
ए मेरो नालायक मन
मेरो हरिलठक तन
जा ढोलक ठटा
आशाको सङ्गीत बजा
उमङ्गको गाना गा
खूद नांच् अरुलाई नँचा
हौसलाको वीणा उठा ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #नयाँ वर्ष, #प्रकाश तिवारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्