Techie IT
मंगलबार, माघ २९,२०८१

ओलीको एक तीरले तरङ्गित नेपाली राजनिती


राजेन्द्र अर्याल 

कसैले अनुमान गरेका थिएनन् कि नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक यस्तो अध्यादेश ल्याउलान भनेर ।तर प्रधानमन्त्री ओलीले सबैलाई आश्चर्यचकित बनाउदै राजनीतिक दल बिभाजन सम्बन्धि अध्यादेश ल्याए । त्यसपछि नेपाली राजनितिका खेलाडी हु भन्नेहरु सबै ट्वा परे।त्यति मात्र होईन , दिउसै रातको सपना देख्नेहरु समेत चकित परे ।ओलीको सरप्राइज निर्णय सुनेर ।निर्णय पछि नेपालमा के हुन लाग्यो भनेर देश बिदेशमा कोकोहलो मच्चाइयो ।सतारुढ दल नेकपा भित्र खैलाबैला मच्चियो, पार्टीभित्रका प्रतिपक्षी बिलखमण्डलमा परे,ओलीले यो के गर्न आटे भनेर । अरु दलका नेताहरु त्रसित बन्न पुगे ।सबैले एक अर्कालाई फोन घुमाए ।

निकै हल्ली खल्ली मच्चियो। नेपाली राजनीतिका खेलाडी सम्झने र आफुलाई नेपाली राजनीतिको ज्योतिष सम्झनेहरु पनि तिलमिलाएको यो परिघटनाले धेरैको मथिङगल घुमाइदिन पुग्यो ।ओली सरकारलाई ढाल्न तानाबुना बनाउदै बालुवाटारको सपना देखेका हरुको लागि यो बज्रपातपुर्ण निर्णय थियो ।जसका कारण यो निकै महङ्गो साबित हुन पुग्यो ।सतहमा देखिदा एकाएक देखिएको यो परिघटनाले धेरै कुराको संकेत गरेको देखिन्छ ।नेपाली राजनीतिका मियोका रुपमा रहेका ओलीले निकै सोंच विचार जोडघटाउ गरेर यो निष्कर्षमा पुगेको देखिन्छ ।तर यत्ती भन्न सकिन्छ कि ओलीले यो कदम चाहेर भन्दा पनि परिस्थितिले निर्माण गरेको हो।

यो पृष्ठभुमि नेपथ्यमा बसेर लकडाउनमा बसेर तय गर्ने हरुले पनि ओलीले यसरी खेल खेल्लान भन्ने हेक्का राख्न सकेनन् ।जे होस् पछिल्लो बिकसित परिघटनाले तरङ्गित बननाएको नेपाली राजनीति अझैसम्म सङ्लिन सकेको छैन ।र सङ्गिलिन अझै केही समय लाग्ने देखिन्छ।ओलीले चलाएको यो औटा तीरले धेरैलाई भित्र भित्र लागेको छ ।

मन्त्रीपरिषदको यो निर्णयपछि विभिन्न अनुमान र आशन्काको खेती गर्नेहरुले फेरि रोजगारी पाएका छन् ।यो निर्णय कोरोना भन्दा बढी भाईरल बन्न पुग्यो ।कतिपयले यो निर्णयलाई ओलीको अधिनायकबादी आकान्छा देखेका छन् , कसैले तानाशाह लाद्न खोजेको भनेका छन् , कतिपयलाई यो बेमौसमी बाजा लागिरहेको छ भने कतिपयले आफ्नो पार्टी फुटाउने षड्यन्त्र देखिरहेका छन् ।सत्तारुढ दलकै नेताले पनि यो निर्णयको भेउ पाउन नसकेर बर्बराईरहेका छन् ।

कुरा यत्ती हो कि यी बर्बराउनेहरु भन्दा यो ब्यबस्था ल्याउन सबैभन्दा लड्ने र कुर्वान गर्ने राजनेता केपी शर्मा ओली नै हुन भन्ने हेक्का राख्नु पर्छ । जस्ले यो ब्यबस्था ल्याउन जिवनको कुनै प्रवाह गरेनन् ।अर्कातिर यो सरकार बनेदेखिनै बदनाम गर्न विरोध गर्ने कसम खाएका तत्वहरुलाई यो निर्णय पछि अर्को मसला मिलेको छ ।जो, यो सरकारले काम नगरे किन गरेन, गरे किन गर्यो भनेर नियोजित र योजनाबद्ध ढंगले बिरोधको बासुरी बजाउदै हिडिरहेका छन ।

 

अर्कातिर दल सम्बन्धि अध्यादेश ल्यायपछी केही ब्यक्ति अनिष्ट हुने भविष्यबाणी गर्दैछन भने केहीले सरकार पतनको बाटोमा पुगेको बताएका छन् जुन दरिद्र र सँकुचित मानशिकतताको उपज बाहेक केही हुन सक्दैन।कतिपय नेकपा फुट्न लाग्यो भनेर हषिर्त भएका छन कतिपए चिन्तित देखिन्छन् ।तर यो पार्टी बनाउन र एकता गर्न ओलीको महत्वपुर्ण तथा एकलब्य जस्तै बनेर योगदान छ।पार्टी एकतापनिअरुको बुताले भएको हो र रुत्यसैले यो पार्टी बचाउन ओलीलाई अरु कसैलाई भन्दा चिन्ता र चासो छ ।यो अध्यादेशको निर्णय गर्दापनी निकै सोचबिचार गरेर ओलीले गरेका छन् भन्ने कुरामा ढुक्क हुन सकिन्छ जसरी पार्टी एकताको बिन्दुमा निर्णय गरे।त्यसैले नेकपाको बिभाजन न कसैले गर्न सक्छ न कसैको लहडले हुन्छ ।

यस्मा चिन्ता लिनु आवश्यक देखिदैन ।यदि कोहिमा सन्काह चढ्यो भने उहीँ समाप्त हुन्छ।अर्को कुरा,अहिले यो अध्यादेश को निर्ण पछि धेरै राजनितिक ज्योतिष देखा परेका छन् ।तर केपिओली महाभारतका अभिमन्यु होइनन् जो चक्रब्युहमा छिर्ने तर बाहिर निस्कन नसक्ने,ओली चक्रब्युहमा छिरेर विजय प्राप्त गरेर फर्कने कलियुगका अर्जुन हुन् भन्ने विभिन्न कालखण्डले पुष्टि गरेको छ। जे होस आज अतिजान्ने सुन्ने९अजासु०८भएका छौ, तर आज हामी सङ्ग पहिचान छैन, हामी धेरै स्वार्थी भएका छौ, उपभोक्ताबादी भएका छौ ।ब्यक्तिबादी , अवसरबादी,अराजक भिडमा

परिणत भयका छौ ।कुन ठिक कुन बेठिक भन्दा पनि भिडको पछि लाग्दैछौ।सकारात्मक चेत र सोछ भन्दा नकारात्मक तामा रमाउन थालेका छौ।पढेका छौ तर अशिक्षत र अज्ञानि जस्ता भएका छौ ,हिजोको स्कुलिङ अर्को कुनामा मिल्क्याएका छौ ।त्यसैले हामी आफै बुज्रुक बनेका छौ, आफुले कर्तब्य पूरा गर्दैनौ तर अर्ति उपदेश दिन बहादुरी ठान्छौ ।यो हामी सबैमा छ ।अहिले दोष अरुमाथी थोपर्नु भन्दा गम्भीर भएर सोच्ने बेला हो यो ।जहाँ सम्म आध्यादेशको कुरा छ त्यसमा धेरै आतंकित हुनुपर्ने वा धेरै उद्देलित हुनु पर्ने केही छैन। यस बिषयमा बरिस्ठ पत्रकार देवप्रकाश त्रिपाठीको भनाईबाट अन्त गर्न चाहान्छु।त्रिपाठी भन्छन्

विभिन्न पार्टीमा उकुसमुकुस भएर बसेकाहरूलाई अध्यादेशले छुट्टिन सहज मार्ग बनाईदिएको छ। अब केपीको सरकार ढाल्न खोज्नेहरूले दस पटक सोच्नुपर्ने हुन्छ । प्रचण्डलाई ूएमालेूमा बस्न गार्‍हो भैरहेको छ भने उहालाई पनि बाटो लाग्न सजिलो हुने भएको छ। सरकारको यो कदमप्रति प्रचण्ड सकारात्मक हुनुहुन्न किनभने आफूले माया गरेको एउटा जातिबादी पार्टी बिभाजन हुने सम्भावनाले उहालाई चिन्तित बनाएको छ। यदी नेकपाका नेताहरूले प्रधानमन्त्रीलाई बिच्क्याए भने स्थिति असहज हुनसक्छ।


क्याटेगोरी : विचार/बहस
ट्याग : #तरङ्गित नेपाली राजनिती, #राजेन्द्र अर्याल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Clear
6:42 am5:53 pm +0545