खादाको धार्मिक अर्थ यस्तो छ – खादाको प्रयोग कहाँ र कसरी शुरुवात भयो ?
खेन्पो कमल भण्डारी,
उपाध्यक्ष नेपाल बौद्ध महासंघ
खादा जन्म, ब्रतबन्ध, विवाह, मृत्य लगायत हरेक पूजापाठ, भेटघाट तथा स्वागत, विदाई कार्यक्रममा प्रयोग गरिने वस्त्र हो ।खादालाइ शुभ संकेतको रूपमा लिइन्छ ।
यति मात्रै नभएर आजकल हरेक धर्मलम्बीहरु बौद्ध, हिन्दु, क्रिस्चीयन, मुसलमान लगायतले खादाको प्रयोग गरेको पाईन्छ । यसरी हेर्दा यसको प्रयोग फूलको मालाको सट्टामा प्रयोग भएको पाईन्छ । पुष्प मालाहरु बाह्रैकाल, बाह्रै महिना सबैस्थानमा नपाइने भएकोले यसको प्रयोग भएको हो । खादाको प्रयोग कहाँ र कसरी शुरुवात भयो ? खादा जसरी हाम्रो देशमा तराइ पहाड़ हिमाल भएको कारण हिमाली भेगमा पुष्प नभएको र एकदिन साथीको मृत्यु पश्चात त्यस दुस्खद आत्मालाइ शान्ती मिल्नको लागी खाता चडाइएको हो । ७ औं शताब्दीदेखी क्रमशः विकास र विस्तार हुँदै आजको अवस्थामा विभिन्न पञ्चरङ्गी बस्त्र खादाहरुको नामले हाम्रो बजारसम्म आईपुगेका छन खादाको धार्मिक अर्थ- खादा वास्तबमा पुष्पको प्रतिक हो ।
सामान्यतय सबै प्रकारका खादाहरुमा अष्ट मंगलमको चित्र र सम्भोटा लिपीमा केही मन्त्रहरु लेखिएका देख्न सकिन्छ । सम्भोटा लिपीमा “टाशी देलेक फुन्सुम छ्योक” लेखिएको हुन्छ, जसको अर्थ “सुख, शान्ति, शुभ, राम्रो कुराले सबै भरिपूर्ण होस” भन्ने हो । त्यससँगै खादामा अरु विभिन्न सम्भोटा अक्षरका वाक्यांशहरु पनि उल्लेख गरिएका छन् । सम्भोटा लिपीमा “ङिन्मो देलेक छेन्देलेक, ङिम्हे घुङयाङ देलेग सिङ” जसको अर्थ “दिनको शुभ, रातको शुभ, मध्य दिनको शुभ होस्” भन्ने हो ।

त्यस्तै “ङिन्छेन् ताक्तु देलेगपा, कोन्छ्योग सुम्गी टाशी श्योग” जसको अर्थ “दिन र रात सबै राम्रो भइ त्रिरत्नको शुभ रहोस” भन्ने हो । खादामा अष्ट मंगलमको चित्र पनि राखेका छन् जसकोअर्थनिम्नप्रकारका हुन्छन् ।
१] धुक यसको अर्थ छाता अर्थात भगवानको छाता जो ज्ञानको सागर भएको ब्यक्तित्वलाई ओढाइने गर्दछ ।
२] माछा अर्थात सुनको माछा यसको अर्थ शुभ सायिदको प्रतीक हो ।
३] भुम्बा अर्थात कलश यसको अर्थ सम्पूर्ण इच्छा प्राप्ति हो ।
४] कमल यसको अर्थ हृदय आनन्दित पार्ने ।
५] शङ्ख यसको अर्थ शक्तिशाली श्रवण अर्थात धर्मको आवाज हो ।
६] स्वस्तिक चिन्ह अर्थात इच्छाएको प्राप्ति भएको, धेरै राम्रो ।
७] ध्वजा यसको अर्थ मानव जीवन कहिल्यै अन्त्य नहुने हो ।
८] धर्मचक्र यसको अर्थ धर्म फैलाउने भन्ने हो । त्यस्तै खादामा प्रयोग हुने पञ्चरङ्गको पनि छुट्टाछुट्टै अर्थ हुन्छ । जसको अर्थ बौद्ध धर्म अनुसार यस प्रकार रहेको छ ।
१] निलो को अर्थ आकाश
२] पहेँलो को अर्थ जमीनरमाटो
३] रातो को अर्थ अग्नी
४] सेतो को अर्थ बादल
५] हरियो को अर्थ जङ्गल हो भन्ने बुभिन्छ ।
माथि उल्लेखित रंगहरुकै प्रतिकको रुपमा बौद्ध धर्मको झण्डा बनेको हुन्छ । जसको संकेतिक अर्थ पृथ्वी र आकाश आगो, बादल, पानी, जमिन माटो, आकाश, जंगल हुन्छ त्यसको सधै हामीले संरक्षण, सम्बर्धन, प्रबर्धन र माया गर्नुपर्छ भन्ने हो । त्यसैको प्रतिक र संकेतिक अर्थ आउन भनेर खादाको निर्माण गरिएको हो ।
सबै जाति र जगतको भलो होस्, सुख र समृद्धि होस् भनेर खादाको आविस्कार मानिन्छ । तर आज केही तत्वहरुवाट यस्को अर्थ नबुझी रोक लगाउने प्रयोग नगर्ने कार्यहरु भइरहेका छन् । वास्तविक अरुको दाँजोमा खादा सस्तो र कुशल कर्मको लाभ दायिक भएकोले धेरै भन्दा धेरै प्रयोग गर्नु जरूरी देखिन्छ । साथै यस कार्यमा सबै साथ दिएर अगाडि बढ्नुपर्ने हुन्छ ।
क्याटेगोरी : विचार/बहस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्