विचार/अनुभूति

बर्तमान सरकारका एजेण्डा विहिन प्रतिपक्ष

राजेन्द्र अर्याल

पटक–पटक प्रधानमन्त्री भैसकेका र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकसेवा आयोगलाई भनसुनको अखडा भएको बताएपछि यो बिषय बहश र चर्चामा छ । २०४८ सालदेखि अधिकांश समय सत्तामा रहेको नेपाली कांग्रेस पछिल्ला दिनमा लोकसेवा आयोगप्रति अनुदादार मात्र होईन आयोग लाई प्रहारको निशाना बनाएको छ ।

केही समय अघि मात्र स्थानिय तहका लागि विज्ञापन भयो । त्यसपछि पुर्वप्रधानमन्त्री एबं प्रमुख प्रतिपक्षी दलका नेता देउवाको यस्तो धारणा आएको छ । यसले धेरै प्रश्न उब्जाएको छ । लामो समय सत्तामा रहदा आयोग लाई कांग्रेसले आफ्नो अनुकुल परिचालन गरेको रहेछ भन्ने आसंका पनि उठेको छ भने अर्कातिर सत्ताबाहिर रहेका बेला आफुले भनेको नमानेका कारण त्यसरी प्रहार भईरहको छकि ? यो बहसको विषय बनेको छ । 

लोकसेवा आयोग अहिले सम्म सबैभन्दा जनविश्वास गरिने संस्था रहदै आएकोछ । संबैधानिक अङ्गका रुपमा रहेको यो आयोग पूर्वप्रधानमन्त्री देउवावाहेक अहिलेसम्म शायदै प्रश्न उठाएका होलान ।

लोकसेवा आयोग लाई विवादित बनाएर त्यसप्रतिको जनविश्वास हराउदा कस्लाई फाईदा पुग्छ ? हेक्का राख्नुपर्ने विषय हो त्यो । त्यससंगै लामो सम सत्ताको बागडोर सम्हालेका देउवाले सत्तामा रहदा आयोग लाई मातहतकै कुनै सरकारी अड्डा  जस्तै बनाएर विगतमा आर्थिक लाभ र अनचित फाईदा उठाउदै आफन्त र आफ्ना कार्यकर्ता लाई उत्तीर्ण बनाएका रहेछन् भन्ने संकेत मिल्छ । होईन भने लोकसेवा आयोग विरुद्ध साच्चै यसरी प्रहार हुनु एउटा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको अभ्यासमा यो दुर्भाग्यपुर्ण विषय हो । यसमा सबै गंभिर बन्न जरुरी छ । 

यसको अर्को पक्ष पनि छ त्यो भनेको प्रतिपक्षी दल नेपाली कांग्रेससंग अहिले न त सरकार माथि प्रहार गर्ने हतियार रुपी एजेण्डा छन् नत जनताका वीचमा जाने एजेण्डा नै । त्यसैले विवादित कुरा बोलेर चर्चामा आईरहने कोशिस गरिरहेको हुनसक्छ ।  

प्राकृतिक विपत्ति आइरहँदा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई पाँच दर्शन भन्दा बढी नेपालीले अनाहकमा ज्यान गुमाउँदाको पीडा भन्दा संसदमा सरकारको विरोध गर्न नपाएकोमा छट्पटाहट सहजै देखिन्थ्यो । प्राकृतिक विपत्तिमा उद्धार गर्ने तर्फ भन्दा नेपाली कांग्रेसको विरोध गर्न नपाएकोमा छटपटाहट सहजै देखिन्थ्यो ।

प्राकृतिक विपत्तिमा उद्धार गर्ने तर्फ भन्दा नेपाली कांग्रेसले सरकारको कामको अनुगमन गर्न कार्यकर्तालाई आदेश फर्मान गर्नुभयो । गएको सोमबार प्रतिनिधिसभाको बैठक स्थगन गरेर सभामुख कृष्ण बहादुर महराले जनताका प्रतिनिधिलाई उद्धार र राहतमा खट्न आह्वान गरिरहँदा सभापति देउवा भने समामुख महराप्रति औंला ठड्याउँदै हुनुहुन्थ्यो ।

यसले के संकेत गर्छ भने प्रतिपक्षी दल कांग्रेस जनताको सुखदुःख भन्दा काठमाडौंको सिंहदरबार र बानेश्वर वरिपरी रमाउन चाहन्छ भन्ने प्रष्ट सन्देश थियो त्यो । त्यसो त संसदीय अभ्यासको मसिहा ठान्ने नेपाली कांग्रेसले केही दिन अघि संसदमा प्रधानमन्त्री केपी ओलीलाई संसदमा बोल्न नदिई अवरोध सिर्जना गरेर संसदीय अभ्यासको खिल्ली उडाएको घटनाप्रति कुनै पश्चाताप छैन ।

सभापति देउवालाई । त्यसो त एजेण्डा विहीन बनेको नेपाली कांग्रेस संसदीय निर्वाचन सकिएको डेढ वर्षभन्दा बढी बितिसक्दा पनि पराजयको पीडा मै छ । त्यसैले कांग्रेस अहिले पनि रिसाएको विरालोले खाँबो चिथोर्न पुगेजस्तो गर्छ । 

नेपाली कांग्रेस यतिबेला इतिहासको निम्छरो बाटोमा छ । झण्डै सात दशकसम्म प्रजातन्त्रका लागि लडेको र बहुदलपछि अर्थात् २०४६ सालपछि अधिकतम समय शासनसत्तामा बसेर ब्रम्हलुट गरेको नेपाली कांग्रेस इतिहासमै कमजोर प्रतिपक्षका रुपमा रहेको छ । एक हिसाबले नेपाली कांग्रेसका लागि यो संगीन मोड हो । जहाँ कांग्रेस अहिले उभिएको छ ।

एकातिर जनमत नराम्रोसँग खस्कनु र अर्कातर्फ आन्तरिक जीवन समेत भद्रगोल अवस्थामा पुगेको छ । पार्टीलाई संघीय संरचनामा ढाल्न नसक्नु, प्रादेशिक संरचना बनाउन नसक्नु, पार्टीको केन्द्रीय विभाग कार्यकाल पूरा गर्ने अवधि हुनलाग्दा पनि गठन गर्न नसक्नु र पार्टीलाई विधान अनुसार चलायमान र गतिशील बनाउन नसकिरहेको आरोप खेपिरहेका सभापति देउवाले संसदीय अभ्यासको पाठ संसदमा सिकाउनुको सट्टा पार्टीभित्रैबाट शुरुवात गर्नसके धेरै राम्रो हुने देखिन्छ ।

आन्तरिक रुपमा रुमल्लिएको कांग्रेस पहिला पार्टीभित्रै लोकतान्त्रिक चरित्र प्रदर्शित गर्दै अभ्यास देखाउन सक्नुपर्दछ । सभापति देउवाको आक्रोश र प्रवृत्ति हेर्दा कांग्रेसले गरेको राजनीति केवल सत्ता प्राप्तिका लागि मात्र हो ुभन्ने प्रष्टसँग देखिन्छ ।

यदि नेपाली कांग्रेस त्यो मात्र होइन भन्ने हो ने अर्थात् केवल सत्ता प्राप्तिका लागि मात्र होइन भन्ने हो भने यो तथ्यलाई व्यवहारमा परिणत गर्न जरुरी देखिएको छ । भर्खर आएको बाढी पहिरोबाट आहत बनेका जनतालाई राहत र पुनस्र्थापनाका काममा जुट्नु प्रमुख प्रतिपक्षको दलको अभिभारा पनि होइन र ? कि प्रमुख प्रतिपक्षी दलले केवल विरोध गरिरहने, खोचे थापिरहने मात्र हो ।

यो कुरालाई गम्भीर ढंगले विश्लेषण गर्न जरुरी छ । सरकारको नेतृत्वमा रहँदा भारतबाट आउने फलफूल र तरकारीको विषादी परीक्षण गर्नुपर्छ भन्ने कुनै हेक्का नराख्ने कांग्रेस अहिले तीन हात उफ्रदा त्यसको लाज मान्नु पर्छ कि पर्दैन ? राजदूत नियुक्ति र प्रहरी प्रमुख नियुक्त गर्दा सरकारको नेतृत्वमा रहँदा सभापति देउवाकै कारणबाट पार्टीभित्रैबाट देखिएको विरोधको तुवाँलो सबैले देखेकै कुरा हो ।

आफ्नो इन्ट्रेष्ट पूरा नगरेकोमा सर्वोच्च अदालतका प्रधानन्यायधीसमाथि महाअभियोग लगाउने नेपाली कांग्रेस अहिले ओली सरकारलाई अधिनायकवादी देख्छ । चुनौतिपूर्ण र संवेदनशील घडीमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतालाई संरक्षण गर्दै संघीय गणतान्त्रिक परिधिभित्र रहेर विश्वसमुदाय सद्भाव, सहयोग र समर्थन यो सरकारले जुटाउँदा कांग्रेसले सरकारलाई अधिनायकवाद ठान्छ ।

छिमेकी देशसँग सन्तुलित, पारिस्पारिक र स्वाधीन सम्बन्ध विकास गर्दा प्रमुख प्रतिपक्ष कांग्रेसको टाउको किन दुख्छ ?अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ पार्न खोजेकोमा सरकारसँग कांग्रेस किन क्रुद्ध हुन्छ ? मुलुकमा स्थायित्व भएकोमा किन नाराज छ कांग्रेस ? के यी कुराको जवाफ दिनुपर्दैन ? हिजो आफू सत्तामा रहँदा गरेका बदमासी, जनता र देशको हित विपरीत गरेका कामको कांग्रेसले पश्चाताप गर्नु पर्दैन ? जसले कोशी सम्झौता गरेर नेपाली जनता र राष्ट्र विरोधी काम ग¥यो त्यसबाट दण्डित हुुनुपर्ने कि नपर्ने ? कोशी सम्झौताका कारण आज त्यहाँका जनताको अवस्था के छ ? हेर्ने कि नहेर्ने ? यी र यस्ता विषय अहम् र गम्भीर छन् । 

पहिला अरुमाथि औंला ठडाउँदा आफू ठिक ठाउँमा उभिएको हुनुपर्दछ । हो यो नियम वा कुरा कांग्रेस वा कांग्रेस सभापति देउवामा पनि लागु हुन्छ । ओली सरकारले ठूलाठूला भ्रष्टाचारको छानविन शुरु गर्छ । जरो खोज्दै जाँदा बुढानिलकण्ठ पुग्छ । चाहे त्यो बालुवाटार ललितपुर निवास जग्गा प्रकरण होस् वा वाइडबडी जहाज खरिद प्रकरण होस् वा मेलम्भी प्रकरण होस् ।

के नेपाली कांग्रेस वा पार्टी सभापतिले यी विषयमा जो संलग्न भएपनि कार्वाही गर भन्ने आँट राख्छन् ? त्यसैले अहिले नेपाली कांग्रेसको छटपटी भनेको सत्ताबाहिर बस्नुपरेको छटपटी मात्रै हो । होइन भने कांग्रेसले विगतमा सरकारमा रहँदा गरेका सार्वजनिक संस्थानलाई बन्द गरी कौडीको मोलमा व्यापारीलाई बेचेको, अर्थतन्त्र जर्जर बनाएको, भ्रष्टाचार मौलाएको जस्ता मूलभूत विषयमा गल्ती र भूललाई सच्चाएर अघि बढ्न जरुरी छ । त्यसका लागि सभापति देउवाले सबै भन्दा पहिला आफ्नो स्वार्थ र आवश्यकता भन्दा मुलुकका सामु देखिएका चुनौतिहरुलाई पार लगाउँदै देशको विकासका लागि प्रतिपक्षबाट रचनात्मक भूमिका बढाउनुपर्छ ।

सरकारका सबै कामको विरोध मात्र गरेर संसदीय अभ्यासमा प्रतिपक्ष अब्बल हुन सक्दैन । पछिल्ला दिनहरुमा हलो अड्काएर गोरु चुटेजस्तो गरी कांग्रेसले प्रदर्शित गरेको व्यवहार र तौरतरिका गैरसंसदीय अभ्यासका नमूनाका रुपमा लिन सकिन्छ । अर्थात् देश र जनता प्राकृतिक विपत्तीमा छटपटाइरहेका बेला कांग्रेस अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा रमिता देखाइरहेको हुन्छ । 

संविधानले जहाँ जहाँ उपस्थिति खोजेको छ त्यहाँ त्यहाँ प्रमुख प्रतिपक्ष जान सकेको छैन । कांग्रेस गृहकलहको चक्रब्यूहमा फसेको छ । कुनैबेला कोइराला भर्सेज बाँकी कांग्रेस देखिने कांग्रेसमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह किनारा लागेपछि गिरिजाप्रसाद कोइरालाको एकछत्र भयो । गिरिजाप्रसाद कोइरालापछि सुशिल कोइरालाले विरासत धान्ने प्रयत्न गरे । सुशिलछि पार्टी विभाजन गरेर फेरि फर्किएका शेरबहादुर देउवा सभापति बन्न सफल भए, त्यो पनि कोइरालाको विरासत धान्ने छिन्नभिन्न भएका कारणले ।

देउवाका लागि पार्टी नेतृत्व जटिल बन्दै गएको छ । देउवा विरोधी एकठाउँमा हुँदा देउवामाथि ठूलो चुनौति भएपनि देउवा विरोधी एकठाउँमा बनाउने नेतृत्वको अभाव छ । त्यसैको फाइदा उठाइरहेका छन् उनले । उनमा नत यो नेतृत्व धान्ने स्थितिमा छन् नत छाड्ने । एक हिसाबले ओली सरकारलाई यो सुखद अवस्था नै हो । जे होस्, पछिल्ला दिनमा प्रमुख प्रतिपक्ष दल कांग्रेले देखाएको अभ्यासले संसदीय मूल्य मान्यता र मर्यादाको सीमा नाघेको प्रतित हुन्छ । संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्नबाट गरिएको अवरोध एउटा उदाहरणका रुपमा लिन सकिन्छ । जसले संसदीय मर्यादामा प्रश्न उठाएको छ ।

नेपालको संसदीय अभ्यासमा प्रधानमन्त्रीले समसामयिक विषयमा बोल्न खोज्दा वेल घेरिएको संभवतः यो पहिलो घटना हो । जसलाई संसदीय अभ्यासका रुपमा लिंदै कांग्रेसले गलत अभ्यासको थालनी ग¥यो । दोस्रो प्राकृतिक विपदपछि पनि यस्तै गर्न खोजेको थियो तर सभामुखको सचेतनाका कारण रोकिन पुग्यो । 

जे होस् अहिलेको पहिलो कार्यभार वा कार्यसूचि भनेको बाढी पहिरोबाट पीडितहरुको उद्धार र पुनस्र्थापना नै हो । चाहे सरकारको होस् वा प्रतिपक्षको । जुन पीडितलाई दुईछाक खाना औषधी उपचार र छानो चाहिएको छ । यस्तो बेलामा पनि विभिन्न बहानामा बखेडा झिक्नु कांग्रेसको गैरजिम्मेवारपन त हुँदै हो, संवेदनहीनता पनि हो । जनताले यसको उपसंहार निकाल्न जरुरी छ ।

कांग्रेसको यो गैर जिम्मेदारीपन सत्ता बाहिर रहँदाको छटपटी मात्र हो । किनकि यसअघि सत्ताको चास्नीमा डुबेको कांग्रेस निरन्तर देशको दोहनमा लिप्त थियो । जनजीविकाका सवालमा भन्दा अन्य निहुँ झिकेर कहिले गिरिजाप्रसाद र सुशिल कोइराला फाउण्डेशनको त्यान्द्रो समाएर संसद अवरुद्ध गद्र्ध त कांग्रेस कहिले प्रधानमन्त्रीलाई बोल्नबाट अवरोध गर्छ ।

यसबाट कांग्रेससँग कुनै एजेण्डा छैन भन्ने प्रष्ट हुन्छ । हुनत सरकारले पनि गरेका राम्रा कामको सराहना गर्दै अझै राम्रा काम गर्ने अवसर वातावरणको सिर्जना गरिरहेको छैन ।

सरकारको पारा पनि यस्तो छ भने प्रतिपक्ष कांग्रेसको पारा अल्लारे, आलोकाँचो ठिटाको जस्तै छ, घोचपेचमै रमाइरहेको छ । प्रतिपक्ष कांग्रेस कहिले रिसाएको विरालो जस्तै देखिन्छ त कहिले कुहिरोभित्र हराएको दिशाहीन कागजस्तै त कहिले दुधभातले अघाएको विरालोजस्तै । यसर्थ कांग्रेसले देश र जनताका निम्ति राजनीति गरिरहेको छ भन्नु भ्रम मात्रै हो । सरकारलाई खबरदारी गर्ने जिम्मेदारी बोकेको कांग्रेस प्रतिशोधको राजनीति गरिरह्ेको उसको व्यवहारले देखाउँछ । अब कांग्रृेसले समृद्ध नेपाल बनाउन सकारात्मक ढंगले भूमिका खेल्नुको विकल्प छैन । 

त्यसो त जबज पार्टीभित्र आफूलाई असहजता सिर्जना हुन्छ । सभापति देउवाले पार्टीभित्रको विवादको मुस्लो हटाउन फुत्त संसदतिर फयाँकेर आफूलाई क्षणिक समाधान नल्याए पनि एकछिन ध्यान अन्यत्र मोड्न सफल हुन्छ ।

एकहिसाबले यो पनि नेपाली कांग्रेसभित्रको रमिता नै हो । हुनत भीरबाट लडेको गाडीजस्तै बनेको कांग्रेस बिग्रिएका अवयव र पार्टपुर्जा जोडजाड गरेर गुड्ने हालतमा आउन निकै कष्ट गर्नुपर्छ । आफू सरकारमा रहँदा प्रतिपक्षलाई नङ्ग्याउँदै देशको ढुकुटी सर्वनाश पार्ने, देशलाई थिलोथिलो पार्ने, जनतालाई आहात पार्ने र देशलाई भ्रष्टाचारको दलदलमा फसाउने कांग्रेस अब सिला खोज्नुपर्ने अवस्थामा नपुग्ला भन्न सकिन्न्न । यसका लागि यो सरकारले अवका दिनमा हिजोका कमी कमजोरी कहाँ कहाँ भए कहाँ कहाँ चुक भयो भनेर समीक्षा गर्दै एक मन एकताका साथ नयाँ ढंगले अघि बढ्नु आवश्यक छ । 

Facebook Comments
Tags
Show More