Techie IT
बिहीबार, फागुन १०,२०८०

तारकेश्वरमा गाडी दुर्घटना कहिलेसम्म जनप्रतिनिधि ज्यू… ?


  • सविन गौतम

काठमाडौं । आज काठमान्डौं बालाजु तार्केस्वर नगरपालिका ११ शेसमती पुल नजिकै भयको जुन घटना त्यों घटना सवारी चालकको लापरवाहीले भयको घटना हो । आज घटनामा परेर मृत्यु भयका र घाइते भयका ब्यक्तिहरूँलाई र आज भन्दा पहिलेको दुर्घटनामा परेका व्यक्तिहरुलाइ यो हातले उद्धार गर्दा यो हात कामेको छ । अझै त्यो पिडितको झ–झल्को यो आँखामा छ् । सर्वसाधारणको सुबिधाको लागी सञ्चालन गरेका गाड़ीका प्रायः केही सवारी चालकहरू आफ्नु इच्छाले क़ुदाऊने लापरवाही गर्ने गरेको धेरै भयको स्थानीयहरूले भन्दै आउनु भयको छ ।

आज दुर्घटना भयो र सबैमाझ यस्तो समाचार आयो तर यस्तो लापरवाही पाराले हर दिन सवारी चालकहरुले सवारी गाडी बाइकहरु कुदाउँदै आएको छ । आजको दिनको ठिक १२ बजे काभ्रेस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ ख ६३६७ बसले सेषमती पुल नजिकै बा ४९ प ७०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सख्त घाइते भएका ५० वर्षीय सप्तरीका गजेन्द्र गुप्ताको उपचारका क्रममा मृत्यु भएको हो । तारकेश्वरमा बारम्बार यसरी गाडी दुर्घटना हुँदा पनि हाम्रो ठाऊका जनप्रतिनिधिहरूँ, सवारी धनिहरु र तारकेश्वर यातायात व्यवसायि समिति सबै मौन छन् । कसैले पनि यस्ता घटना न्यूनिकरणका लागि केही नगरेका कारण कहिलेसम्म असुरक्षित सडक यात्रा गरिरहनुपर्ने जनप्रतिनिधिज्यूहरू ?

यहाँ ट्राफिक प्रहरीहरु त छन् तर जती लापरवाही गरेर चलाएपनि नदेखेको जस्तै गरिरहेको स्थानियहरुले भन्दै आएका छन् । केही महिना देखि तारकेश्वरमा सडक पक्की भएपछि यस्तो घटना हुँदै आएको छ । यि घटनाहरुप्रति स्थानीय सरकार गम्भिर नहुने हो भने यस्ता दुखद घटना फेरि नहोला भन्न कहाँ सकिन्छ र ? अझै यती हुँदा पनी मौन बस्ने हो भने अरु कुनै दिन तत्काल अर्कों दुर्घटना नाहोला भन्न सकिन्न ? त्यो दिन आफ्नो कोही आफन्त नर्पलान भन्न सकिन्न ? मैले यति लेखिरहँदा मलाइ गाली पनि आउन सक्छ तर यो समाजको लागि राम्रो कुरा सँधै उठाउने छु ।

यस विषयमा मैले केही दिन अघि तार्केस्वर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष श्यामकृष्ण सापकोटालाई फोन वार्ता गरेको थिएँ । उहाँको प्रतिक्रिया भने राम्रो आएको थियो, सायद अब यस्ता दुर्घटना नहोला भन्ने सोचिरहेको थिएँ तर आजको घटनाको जवाफ हरदिन लापरवाही गरेर चलाउने चालकहरु देख्दा पनी मौन बस्ने बालाजु ट्राफिक प्रहरी बृत र तार्केस्वर ट्राफिक प्रहरी बृतले अब कस्तो कदम चाल्लान यस्को जबाफदेहि को हुन्छ्न् ?

पब्लिक होस या प्राइभेट होस सवारी साधन चलाउँदा लापरवाही गर्न पाइदैन । आजको जस्तो घटना फेरी नहोस । आज जुन हातले घाइतेहरुलाईं उद्धार गरेको थिएँ । त्यसरी नै तपाईको आफन्तहरु नपरुन त्यसको लागी आवाज उठाऊँन र तार्केस्वर नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरु, यातायात व्यवसायी समिति सबैलाई ध्यानाकर्षण गराऊँन चाहन्छु।


क्याटेगोरी : विचार/बहस
ट्याग : #hot, #सविन गौतम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:34 am5:59 pm +0545