तपाईको राशिमा चन्द्र ग्रहणको प्रभाव कस्तो छ ?

ज्यो. डा.रुद्रनाथ अधिकारी काठमान्डौँ । नेपालको वर्तमान ग्रह गोचर र भविष्य तथा चन्द्र ग्रहणको समयमा कुन कुन राशीमा कस्तो प्रभाव पर्छ भन्ने बारेमा प।ज्यो।डा।रुद्रनाथ अधिकारीले छोटो विश्लेषण गर्नुभएको छ ।
नेपालमा चन्द्र ग्रहणको प्रभाव के छ र ?
श्रावण महिनाको ११ गते शुक्रबार रात्रि समय १२ः०९ मिनेटबाट सुरु भई ४ः०७ मिनेट सम्म मोक्ष समय हुने यस खग्रास चन्द्रगहण १०४ बर्ष यताको सबैभन्दा ठुलो हो । यो खग्रास चन्द्रगहण करिव ४ घण्टा सम्म रहने छ । यसले करिव ४२ दिनसम्म यस भुमण्डलमा सकारात्मक र नकारात्मक प्रभाव पारेको हुन्छ । नेपालका लागि यो ग्रहण त्यती धेरै सकारात्मक देखिदैन् ।
मकर राशिमा घटित यस ग्रहणले देशमा केहि व्यतmीहरुको प्रतिष्ठामा आच आउने, पदच्यूत हुने, अस्वस्थता र अशान्त साथै प्रतिपक्षबाट असहयोगको अवस्था सिर्जना हुन सक्दछ । राजनीतिक परिदृश्यहरुमा तरङ्गित अवस्था आउनाले राजनीतिक दलहरुमा दुरी बढेर जाने देखिन्छ । हाम्रो नेपालको वृश्चिक राशि, स्वामि मंगल र केतु संगै ग्रहगोचरमा संगै हुदा नकारात्मक संकेतको कार्लसर्प योग र अंगारक योगको सिर्जना गरेको हुन्छ ।
यो योगको प्रभाव भाद्र २७ सम्म रहने देखिन्छ । यसले देशमा सेना परिचालन, हुलदङगा हुने, राजनीतिक दलहरुमा विद्रोहको अवस्थाको सिर्जना गर्दछ । मुख्यत यो पश्चिम र दक्षिण भागमा वाढिपहिरोको ज्योखिम हुन सक्दछ । विशेषतया जुन देश प्रदेशमा यो ग्रहण देखिन्छ, विशेष परिवर्तन हुन्छ ।
चन्द्र ग्रहणमा कुन राशीमा कस्तो प्रभाव रहन्छ र ?
ज्योतिषिय मान्यताको आधारमा ग्रहणको फल राशि अनुसार राम्रो तथा नराम्रो हुने गर्दछ । कुन राशि कुन नक्षत्रमा ग्रहण लाग्यो भन्ने मान्यताको आधारमा यसको फल निर्धारण हुने गर्दछ ।
ज्योतिषिय मान्यताको आधारमा शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने भएकाले त्यसको करिव ८ घण्टा अघि देखि नै भोजन गर्नु हुँदैन । तर बिरामी, बालबालिका र बृद्धबृद्धाले भने चाहिँ खादाँ हुने बताईन्छ । ग्रहणको समयमा आउने विभिन्न किसिमका विकिरणका कारण खाना दुषित हुने वैज्ञानिक मान्यता समेत रहेको छ । ग्रहणले मानिसहरुको मन, मश्तिष्क र स्वाथ्यमा असर गर्ने हुनाले आफ्नो घरमा रहेका सामानहरुमा कुश, तुलसी राखेर त्यसको विकिरणका प्रवाभ कम गर्न सकिन्छ ।
यो ग्रहण मेष राशीलाई रोग र शोक, मिथुन राशीलाई सुख र लाभ, कर्कट राशीलाई मान नास हुने, सिंह राशीलाई कष्ट र भय, कन्या राशीलाई धन हानी हुने, धनु राशीलाई अनिष्ट देखिन्छ । मकरराशीमा नै ग्रहण घटित हुने भएकाले अनिष्ट देखिन्छ । मिन र तुला राशीलाई वरदान सावित, वृश्चिक लाभदायक हुने देखिन्छ । वृष र कुम्भमा सामान्य प्रभाव रहेको छ ।
चन्द्र ग्रहणमा के गर्न हुने के नहुने र ?
यो चन्द्र ग्रहणको सुतक समय सम्म भगवानको आराधना गरेर खासै फल पाईदैन । भोजन, सयन, लेनदेन तथा संभोग गर्दै नगर्ने, कसैको कुभलो नसोच्नुहोला । शुभत्वको कामना गर्नुहोला ।
बिस्तृत कुराको लागि भिडियो हेर्नुहोला ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #राशि
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्