Techie IT
बिहीबार, माघ १०,२०८१

मोबाइल आवश्यकता कि विकृति


मेनुका कार्की
विश्व मा मोबाइल फोन को सुरुवातअमेरिका बाट भएको हो|मोबाइलका पिता भनेर मार्टिन कुपर लाई चिनिन्छ|मोबाइल उत्पादन गर्ने पहिलो कम्पनी मोटोरोलाहो |पहिलो मोबाइल उत्पादन सन् १९७३ मा भएको हो . नेपालमा मोबाइल फोन GSM मोबाइल फोनको परीक्षण वि.सं. २०५६ बैशाख ०१ मा भएको हो | GSM मोबाइल फोन बितरण प्रारम्भ२०५६ बैशाख ३० मा भएको हो|
आजभोलि मोबाइल फोन आम मानिसको जीवन पद्धति बनेको छ। समाज विकासको चरणसँगै खानदानी र सम्पन्न जीवनशैलीको प्रतिक रहेको मोबाइल फोन आजभोलि प्रायः सबैको आवश्यकता बनेको छ। साँच्चै भन्नुपर्दा एउटा अनिवार्य साधन जस्तो बनेको छ, मोबाइल फोन। हाम्रो समाजले सूचना प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको छ। त्यसको प्रष्ट उदाहरण मोबाइल फोन हो। हिजो ठूला साहुमहाजनको पहुँचमा मात्र सीमित माबोइल फोन आलभोलि सर्वसाधारण जनताको जीवनपद्धति बनेको छ।
विगत ५-१० वर्ष अगाडिको समयलाई फर्केर हेर्ने हो भने एउटा कथा जस्तो लाग्छ। कुनै बेला मोबाइल फोन हेर्नकै लागि ठूला-ठूला महाजनको घरमा मानिसको भीड लाग्ने गथ्यो, कुनै बेला यस्तो समय पनि थियो। मानिस आफूलाई ठूलो देखाउनकै लागि मोबाइलको रिङ्टोन बजाएर फोन आएको भनेर दुनियाँलाई झुक्याउने गथे। हातमा मोबाइल फोन हुनेको समाजमा शान र रवाफ नै बेग्लै हुन्थ्यो, उनीहरु आफुलाई समाजको ठूलो मान्छे ठान्थे। कुनै बेला यस्तो पनि थियो मानिस टेलिफोन गर्नका लागि लाइन बस्थे। दिनभर हिँडेर मान्छे विदेशमा रहेका आफन्तसँग बोल्नको लागि टेलिफोनको लाइन बस्थे। विदेशबाट कसैको फोन आयो भने उठाउनको लागि घण्टौं लाइन बस्नुपथ्यो। मानिसको सोझोपनको फाइदा उठाएर फोन उठाएको पनि पैसा असुल्नेहरु थिए। तर अहिले समय बदलिएको छ। आफ्नो हातमा रहेको मोबाइलमा नम्बर डायल गरे पुग्छ।
मोबाइल फोनले धेरैको दैनिकीलाई सजिलो बनाइदिएको छ। धेरैको दैनिकी मोबाइल फोनबाट शुरु भएर मोबाइल फोनमै अन्त्य हुन्छ। बिहान सबेरै मोबाइल आलारामसँगै उठेर ताजा समाचार मोबाइलमै सुन्दै आफ्नो एक्लोपन र उदासीलाई हटाउन मोबाइलमा नयाँ-नयाँ गीत सुन्दै चौतारीमा सुस्ताउँदै बेलुका देश विदेशका खबर थाहा पाउन समाचार सुन्नेदेखि लिएर सुत्ने बेला भोलिपल्ट बिहानको लागि आलाराम लगाएर निदाउनु आजभोलि धेरैको दैनिकी भएको छ। मोबाइल फोनले धेरैको जीवनलाई सहज बनाएको छ। मोबाइल फोन बिनाको जीवन अब साह्रै कष्टकर हुन थालेको छ। हो, मोबाइल फोन धेरैको आवश्यकता बनिसकेको छ। तर मोबाइल फोनको बढ्दो प्रयोगसँगै यसले ल्याएका विकृति पनि कम छैनन्।
जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुपाको बीँड भनेझैं जान्नेहरुले मोबाइल फोनलाई आफ्नो जीवन पद्धतिको अभिन्न अ· बनाइसकेका छन् भने यसको महत्त्वलाई नचिन्ने र दुरुपयोग गर्नेहरुले यसलाई अपराध गर्ने माध्यम बनाइरहेका छन्। हिजो आज मोबाइल फोनको माध्यमबाट अपराध बढ्दो छ। बेला-बेलामा मोबाइल फोनमा आउने धम्कीपूर्ण म्यासेज र मोबाइलबाट नचिनेको नम्बरमा फोन गरेर धम्क्याउने प्रवृति बढ्दो छ। बालबालिकाहरुलाई अपहरण गरेर फोनबाट धम्काई पैसा असुल्ने काम पनि पछिल्ला दिनहरुमा बढ्दो छ। यी सब मोबाइल फोनले ल्याएका विकृति हुन्।
त्यति मात्र नभएर नचिनेको नम्बरमा मिसकल गरेर हैरान पार्नेदेखि लिएर नयाँ-नयाँ नम्बरबाट फोन गरी झुक्याउने र बेलाबेला नयाँ नम्बरबाट थर्काउने अनलाइन माध्यम जस्तै फेसबुक बाट गलत आईडी बनायर मानसिक तनाब दिने जस्ता समस्या आम मोबाइल प्रयोगकर्ताले भोग्दै आएका साझा समस्या हुन्।
मोबाइल फोन आजको आवश्यकता हो। किन कि आजको युग सूचना र प्रविधिको युग हो। हामी प्रविधिबाट टाढा रहेर जीवन बिताउन सक्दैनौ र अर्को कुरा हामी सूचनाको पहुँचबाट टाढा रहेर कहिल्यै प्रगति गर्न सक्दैनौं त्यसैले अहिलेको युगको चुनौतीलाई सामना गरी युग सापेक्ष ढ·ले बाँच्न हामीलाई प्रविधि प्रयोग गर्नु जरुरी छ। तर त्यसो भन्दैमा त्यसको महत्त्व र प्रयोग थाहा नपाई वा आवश्यक नपरी त्यसको प्रयोग गर्दा त्यो चाहिनेभन्दा नचाहिने काममा नै बढी हुन्छ।
आलभोलि हामी सबैको हात हातमा मोबाइल फोन देख्न सक्छौं। ४-५ कक्षा पढ्ने १०-१२ वर्षको केटाकेटीदेखि लिएर वृद्धा अवस्थाका मानिसहरु समेतसँग मोबाइल फोन रहेको पाउँछौं। १०-१२ वर्षका केटाकेटीले मोबाइल फोनलाई कसरी प्रयोग गर्लान् त्यो हामी सबैले बुझेकै कुरा हो। निश्चय नै यो तिनीहरुको आवश्यकता नभएर रहर हो र पक्कै पनि त्यो सदुपयोग भन्दा पनि दुरुपयोग भइरहेको हुन्छ। स्कूल पढ्ने केटाकेटीहरुले मोबाइल फोनबाट अश्लिल सामाग्री छ्यापछ्याप्ती पाउन सक्छन्। आलभोलि मोबाइल फोन माया प्रेम गाँस्ने प्रभावकारी माध्यमको रुपमा विकसित भएको छ। अधिकांश मान्छे हरु अनलाइन माध्यम जस्तै फेसबुक ,इन्स्टाग्राम इमो, वात्सप बा ट अनावश्यक गफ गरी आफ्नो समय र पैसाको बर्बाद गरिरहेका भेटिन्छन्।
मोबाइल फोनको उपयोगिता धेरै छ। हामीले यसबाट धेरै ज्ञानगुनका कुरा सिक्न सक्छौं। मोबाइल मार्फत इन्टरनेट चलाएर हामीले धेरै कुरा खोज्न सक्छौं। यसले हाम्रो पर्ढाईमा समेत सहयोग गर्छ । अहिलेको परिस्थिति लाई हेर्ने हो भने मोबाइल फोन को माध्यम बाट बालबालिका ले आफ्नो पढाइ गर्ने , अनलाइन माध्यम बाट जागिर , गर्ने जस्तो कार्य गरेर आफ्नो दैनिकी सहज बनाएका छन्
मोबाइल फोनलाई टाढा-टाढा रहेका आफन्त, इष्टमित्र, साथीभाइसँग सर्म्पर्क गर्न सजिलो हुन्छ तर यसले धेरै मान्छेलाई मिसकल आतड्ढ पनि दिइरहेको छ।
नचिनेको नम्बरबाट फोन आउने, थर्काउने र झुक्याउने समस्या सबैले भोग्दै आएको समस्या हुन् यति मात्र होइन मोबाइल फोनले अपराधिक घटना बढाउन सहयोग पनि गरेको छ। पछिलो समय मा मोबाइल फोन बाट नै टाढा को व्याक्ति सङ्ग संपर्क गरेर नजिक हुने गरेको पाइन्छ यसले गर्दा धेरै ठगी हत्या जस्तो घटना निम्त्याएको छ|वास्तवमा मोबाइल फोनका धेरै फाइदा छन् र यसले मानव जीवनलाई सहज र सरल बनाइदिएको छ। तर यसलाई हामीले सही रूपले उपयोग गर्न नसक्दा विभिन्न विकृति पनि उत्पन्न भएका छन्। तसर्थ त्यस्ता विकृतिलाई हटाउँदै मोबाइल फोनलाई सही रुपले उपयोग गर्दै मानव कल्याणमा लाग्नुनै आजको आवश्यकता हो।

क्याटेगोरी : विचार/बहस
ट्याग : #मेनुका कार्की, #मोबाइल आवश्यकता कि विकृति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545