मानसिक हिंसा गम्भिर समस्या
देबिना कार्की
बिना राना
काठमान्डौं
मानिस सामाजिक प्राणि भएपनि समाजमा हरेक क्षण बिभिन्न किसिमका हिँसाहरुको सामना गर्दे आइरहेको हुन्छ । साधारण बोलिचालिको भाषामा हिँसा भनेको एकले अर्कौमाथि गर्ने भौतिक तथा अभौतिकआक्रमण हो । भौतिक घटनाहरु प्रत्यक्ष्य लडाँइ झगडा नगरिकन घट्रने गर्छन्र ।समग्रमा मन,वचन र र्कमले अरुको हित विपरित कार्य गर्नु नै हिँसा हो । मन र वचन मार्फत अरुप्रति गर्ने हिँसालाइ मानसिक हिँसा भनिन्छ । कुनैपनि समाजले बिभिन्न कालखण्ड हरुमा भौतिक हिँसाको परिबेशको त सामना गर्दे आइरहेको हुन्छ र यस्ता किसिमका हिँसाको समाधानको निम्ति समाज र राज्यले छिट्टै नै उचित ब्यबहार प्रस्तुत गरेको हृन्छ। तर मानसिब हिँसा नियन्त्रणको सम्बन्धमा समाज र राज्यले उचित ब्यबहार प्रस्तुत गर्न नसक्दा समाजमा मानसिक हिँसाको आयातन दिनानुदिन फराकिलो बन्दै आइरहेको छ । साधारण मानिसहरुमा हिँसा भन्नाले सशस्त्र वा नि शस्त्र लडाँइ झगडा गर्नु हो भन्ने धारणा रहेको पाइन्छ । तर मानसिक वा मनोबैज्ञानिक किसिमले पनि समाजमा हिँसाका घटनाहरु दिनँहु घटिरहेका हुन्छन् ।
भौतिक प्रकृतिको हिँसा भन्दा नेपालि समाजमा मानसिक किसिमको हिँसा ब्यापक बन्दै आइरहेको छ। नेपालि समाजमा आएका उत्पादन शैलि तथा उत्पादन सम्बन्धमा आएको परिवर्तन , आधुनिक बिज्ञानले निमार्ण गरेको प्रबिधिको बढ्दो प्रयोग , उपभोक्ताबादी मानसिकता आदिको कारणले समाजमाभौतिक तथा मानसिक दुबै किसमका हिँसाहरु फैलदै आइरहेको छ। परम्परागत पारिवारिक ढाँचा , सामाजिक मुल्य मान्यतामा भइरहेको क्षयिकरणको कारणले सबैभन्दा बढि मानसिक हिँसाका घटनाहरुले नेपालि समाज तथा परिवार ग्रस्त बन्दै आइरहेका छन् । नेपालले अपनाएको बैदेशिक रोजगारको कारणले पनि पारिवारिक हिँसाका घटनाहरु लाइ बढावा दिदै आएको देखिन थालेका छन् । परिवार तथा समाजको सँरक्षणको अभावमा जेष्ठ नागरिक तथा बालबालिकाहरु सबैभन्दा धेरै पारिवारिक तथा सामाजिक हिँसाको शिकार हुने क्रम बढ्रदै आइरहेको छ । छोराछोरिले आफ्ना वृद्द बाआमालाइ उचित हेरबिचार र स्याहार सुसार नगर्ने देखि आमाबाबुको उचित माँया र सँरक्षणको अभावमा बालबालिकाहरु पनि बिचल्लिमा पर्दै आइरहेका छन्।
यस किसिमको अवस्थाले समाजमा मानसिक हिँसा कति भयावह अवस्थामा रहेको छ भन्ने स्वत थाहा हुन्छ । कोहि मानिसले कोहि मानिसमाथि भौतिक रुपले नै हिँसा गरयो भने त्यसमाथि समाज र राष्ट्रको दृष्टि पुग्न सक्नु सजिलो
छैन । यस बारेमा पिडित आफैले बेहोरेको मानसिक हिँसाको बारेमा समाज तथा राज्यको सम्बन्धित निकाय सामु जबसम्म अभिब्यक्त गर्देन , तबसम्म यस्ता हिँसाका घटना हरु सार्वजनिक हुदैनन्र ।
अर्कोतर्फ विश्वमा समाज र राज्य दुबै तर्फबाट पनि मानसिक हिँसाका कार्यहरु दोहोरिदै आइरहेका छन्र । यस किसिमका हिँसाका शिकार भएकाहरु लाखौँको सख्यामा छन्र । जस्तो कि, कुनै जेष्ठ नागरिकका आफ्ना सन्तान नहुने र नजिकका आफन्तहरुले पनि हेरबिचार नगर्दा बिचल्लिमा परेका छन्र भने यसरि बिचल्लिमा परेका बृद्दहरुको उचित हेरचाह र मायाममता प्रदान गर्नु समाजिक सँस्कार र मुल्य मान्यता न त समाजमा नै छ न त राज्यले नै यस्ता जेष्ठ नागरिकहरुको बारेमा उचित हेरचाहको ब्यबस्था मिलाउन सकेको छ।
समाज र राज्य दुबै आफुप्रति उतरदायि भयको नपाउँदा यस्ता जेष्ठ नागरिकहरु मर्नु न बाँच्नुको अबस्थामा समाज र राज्यप्रदत मनोबैज्ञानिक हिँसा बेहोर्न बिबश छन् । यस्ता किसिमका हिँसाका घटनाहरु नेपालि समाज तथा परिवार भित्र दिनानुदिन बढ्दो क्रममा घटिरहेका छन्र । अर्कोतर्फ बा आमाको उचित माया ममता र हेरचाह नपाएका बालबालिकाहरुको हालत पनि यस्तै छ । यस्ता बालबालिकाहरुप्रति हेर्ने समाजको दृण्टिकोण र ब्यबहार पनि उचित नहुदा आफ्ना बाआमा तथा आफन्तहरु बाट हिँसाको सिकार भएका यस्ता बालबालिकाहरु राज्यबाट पनि मानसिक हिँसाको सिकार भइरहेका छन् ।रोजगारको निम्ति बिदेश जानुपर्ने बाध्यात्मक अबस्थाको कारणले पनि समाजमा मानसिक हिँसाको आयातनमा बृद्धि हुदै आइरहेको छ । यस्ता हिँसाको शिकार सिँगो परिवार नै हुदै आइरहेको छ ।दम्पती मध्ये एकजना वा दुबैजना बैदेशिक रोजगारमा बिभिन्न देशमा गएको अवस्थामा उनीहरुबिच लामो समयसम्म भेटघाट नहुने र त्यसबिच अरु नै केटि वा केटासाथि सँग रमाउने स्थितिले आय—आर्जनको दुरुपयोग हुने र त्यसबाट परिवारभित्र नकारात्मक प्रभाव परेका थुप्रै घटनाहरु देख्न सकिन्छ ।
अहिलेसम्म हामिले स्थापित गरेको लैँगिक हिँसाको परिभाषामा पुरुसहरुले महिलामाथि गर्दे आएको ब्यभिचार तथा दुव्र्यबहारलाइ नै सबैभन्दा ठुलो हिँसाको रुपमा लिएका छौ ।तर पछिल्ला घटनाक्रमहरुले के स्पष्ट पारिरहेका छन्भने समाजमा महिलाले पुरुषमाथि गर्ने हिँसा झन धेरै भयावह किसिमको हुदै आएको छ । जस्तो कि , बैदेशिक रोजगारिमा गएको प्रायजसो बिबाहित पुरुषहरुले आफ्नो घरमा रहेकि आफ्नै श्रीमतीको नाममा बिभिन्न माध्यम मार्फत पैसा पठाउने र त्यसरि पैसा प्राप्तगर्ने कतिपय महिलाहरु परपुरुषसँग हिमचिम बढाएर पैसा सक्ने अथवा श्रीमान घर फर्केर आउने बेलासम्म सबै पैसा लिएर अन्यत्रै पुन विवाह गरि जाने प्रवृति बढ्रदै आइरहेको छ । भएको घरबास बन्धकि राखेर ऋण लिएर बिदेश जाने , बिदेशबाट फर्किएर आउँदा ऋणपनि यथावत कायम रहने र ७िनतसमतिपनि साँथमा नहृदाको पिडा कल्पना गर्न समेत नसकिने किसिमको हृन्छ नै ।महिलाबाट हृने यस किसिमको हिँसा बेहोर्न विवश
भएका पृरुषहरुको सँख्या पनि दिनानृदिन बढ्रदो अवस्थामा छ ।
मैले यहाँ चर्चा गरेको हिँसा अर्तगतको मानसिक हिँसाको स्थितिलेमात्रैपनि प्रष्ट हृन्छ कि नेपालि समाजमा मानसिक हिँसा भयावह बन्दैआइरहेको छ। यस किसिमको हिँसामा बढोतरि हुनु भनेको सामाजिकपरम्परागत मुल्य मान्यतामा निरन्तर हुदै आइरहेको क्षयिकरण नै हो ।राज्यले ब्यक्तिलाइ जुन स्तरमा स्वतन्त्रताको प्रत्याभुति गराउँदै आइरहेको छ, त्यहि अनुपातमा उस्लाइ परिवार र समाजप्रति पनि उतरदायि बन्नुपर्ने बाध्यता सिर्जना नगर्दा यस किसिमका हिँसाका घटनाहरु बढिरहेका छन्र । महान दार्शनिक अरस्तुले “राज्य मानव जिवनका बन्यो र असल जिवनका लागि अस्तित्वमा रह्रयो“ भन्ने मान्यता अनुसार राज्यलाइ सबै नागरिकहको अभिभावक मान्ने हो भने र राज्यले आफुलाइ सबै
नागरिकहरुको अभिभावक भएको दावि गरिरहने हो भने राज्यले समाजमा बढ्दै आएका यस्ता विविध प्रकारका हिँसात्मक गतिविधिलाइ नियन्त्रण गर्दे प्रत्येक नागरिकलाइ सुखि र खुसि जिन्दगिको प्रत्याभुति दिन जरुरी छ। जस्का लागि राज्यले सम्पुर्ण नागरिकहरु लाइ गाँस,बास कपास,शिक्षा, स्वास्थ्य, रोजगार लगायत नागरिकको मानव अधिकार र नि सुल्क कानुनी उपचार प्राप्त गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्दछ ।
यसैक्रममा समाजमा हुने बिभिन्न खालका हिँसा र पिडितहरुका लागि सहयोग गर्ने उदेश्यले वि ,स २०७४ साल श्रावण २० गते तारकेश्वर नगरपालिका स्तरिय लैगिक हिँसा नियन्त्रण समन्वय सँजाल नामक संस्था स्थापना भएको थियो ।यस संस्थाले स्थापना कालदेखि नै समाजमा हुने विविध खाले हिँसा जस्तै भौतिक,मानसिक, लैगिक नियन्त्रणका लागि विभिन्न चेतना मुलक कार्यक्रमहरु गर्दे आइरहेको छ । संस्था मार्फत काम गर्दै आउदा पारिवारिक तथा सामाजिक हिँसा पिडित ब्यक्तिहरु मध्ये घर तथा परिवारबाट बिस्थापित हुनेहरुको संख्या तारकेश्वर नगरपालिकामा पनि रहेको छ र यो संख्या बढ्दो क्रममा रहेको छ साथै घरपरिवारबाट बिस्थापित भएकाहरुको आधारभुत मानविय आवश्यक्ता प्रतिैको समस्या पनि निकै ठुलो रहेको छ ।
घरपरिवार र समाजमा बस्न नसक्ने र नपाउने हिंसा पिडितका निम्ति तत्काल समस्या समाधान नहुञ्जेल सम्ममका लागि खाने बस्ने सुविधा सहितको आवास गृहको ब्यबस्था हुन अति जरुरि छ किनकि पिडितहरु न्याय प्राप्तिका लागि सम्बन्धित निकायमा पुग्नका निम्तिपनि धेरै समय लाग्ने र उक्त निकायले पनि तुरुन्तै पिडितका समस्याहरु बुझेर उचित न्याय दिलाउन नसक्ने अवस्था रहेको हुदा हिंसा पिडितहरुको लागि यस्ता किसिमको आवास गृहको ब्यबस्था नगर्ने हो भने यो समस्याले झन् बिकराल रुप लिदैजाने देखिन्छ । अन्तमा , मानसिक हिंसा लगायत सम्पुर्ण हिंसाबाट पिडित ब्यक्तिहरुका निम्ति अस्थाई आवास गृहको ब्यबस्था गर्नुका साथै पिडकहरु वा हिंसकहरु माथि कडा कार्वाहि गर्ने कानुन निमार्ण र त्यस्को सफल कार्यान्वयन तर्फ सक्बन्धित सबैको ध्यान जान जरुरि छ ।
देबिना कार्की
बिना राना
क्याटेगोरी : विचार/बहस
ट्याग : #hot
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्