पर्यटन बोर्डद्धारा सिंगापुरमा पर्यटन प्रवर्द्धन कार्यक्रम
नेसनल एशोसिएसन अफ ट्राभल एजेन्ट्स (नाटाज), सिंगापुरद्धारा सन २०१९, अगष्ट २ देखि ४ तारिकसम्म सिंगापुरमा आयोजित नाटाज होलिडे २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै नेपाल पर्यटन बोर्डले नीजि क्षेत्रका ट्राभल एण्ड टुर कम्पनीहरु सहित सहभागिता जनाएको छ ।
उक्त कार्यक्रममा १०६ प्रदर्शनीकर्ता कम्पनीहरुका कुल ९०८ वटा स्टलहरु रहेका थिए । हवाई तथा पानीजहाज कम्पनीहरु, होटल/ रिसोर्टहरु, ट्राभल एजेन्ट तथा ट्राभलसंग सम्बन्धित कम्पनीहरु एबं नेपाल पर्यटन बोर्ड लगायत १४ वटा राष्ट्रिय पर्यटन संस्थाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
नेपालको नीजि क्षेत्रको तर्फबाट Himalayan Windows Pvt. Ltd, Direct Nepal Travels and Tours, Shuang Qi Tours Pvt. Ltd र Thai Nepal Travels and Treks Pvt. Ltd. को सहभागीता रहेको थियो ।
नेपालको स्टलमा विभिन्न नेपाली पर्यटन गन्तब्यहरु, उपजहरु, आकर्षकहरु, ट्राभल एण्ड टूर प्याकेजहरु र पर्यटन गतिविधिहरुको बारेमा अडियो भिडियो मार्फत समेत जानकारी गराइएको थियो ।

साथै, जिज्ञासु स्टल भिजिटर्सहरुका नेपाल सम्बन्धि विभिन्न चासोहरुका विषयहरुमा जानकारी गराइएको थियो । बोर्डको समन्वयमा सिंगापुरमा रहेका नेपाली समुदायको सहयोगमा आयोजकको मुल स्टेजमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
सो कार्यक्रममा नेपालको पर्यटन सम्बन्धि छोटो हाजिरीजवाफ (क्विज) प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा मधुसुदन पटेल र मानार्थ पर्यटन प्रवर्द्धन प्रतिनिधि , नारायण बहादुर श्रेष्ठ दिपकले कार्यक्रमको अवलोकन समेत गर्दै सहभागि हुनु भएको थियो ।
सिंगापुरमा बसोबास गर्ने आप्रवासी नेपालीहरुले समेत कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा प्रदर्शनीमा राखिएको फोटो बुथ सेवाले विदेशी अवलोकनकर्ताहरुलाई सगरमाथासंगको फोटो खिचि उपलब्ध गराएको थियो ।
कार्यक्रम अवधिभर नेपालको पर्यटन प्रवर्द्धन एवं नेपाल भ्रमण बर्ष २०२० को समेत प्रवर्द्धन गरिएको थियो ।
सिंगापुर अन्तरराष्ट्रिय रुपमा ख्यातिप्राप्त पर्यटकीय गन्तब्य एवं ट्रान्जिट प्वाइन्ट समेत रहेको हुदा नेपालका पर्यटन ब्यवशायीहरुले अन्तरराष्ट्रिय स्तरका पर्यटन व्यवशायीहरुसंग समेत नेटवर्किङ गरेका थिए । साथै, नेपाल पर्यटन बोर्डको स्टलले विदेशी सञ्चार माध्यमहरु मार्फत समेत पर्यटन प्रवर्द्धन गर्नुका साथै सम्पूर्ण कार्यक्रममा नेपाली सहभागिताको समन्वय गर्दै नेपालको पर्यटनसंग सम्बन्धित सुचना र सामाग्रीहरु उपलब्ध गराइएको थियो ।
यस कार्यक्रममा नेपाली सहभागिताको सम्पूर्ण संयोजन र समन्वय नेपाल पर्यटन बोर्डका प्रबन्धक श्री सन्तोष कुमार घिमिरे र अधिकृत श्री सिद्धार्थ बिश्वकर्माले गर्नुभएको थियो ।
क्याटेगोरी : पर्यटन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्