पदयात्रा पर्यटनलाई लक्षित गरी ‘पोर्टर गाइड’ तालीम
ट्रेकिङ एजेन्ट्स एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखरा र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पदयात्रा पर्यटनलाई लक्षित गरी पोखरामा पोर्टर गाइड तालीम सञ्चालन गरिएको छ ।
नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र गण्डकी प्रदेशस्थित उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा सञ्चालित ६१ घण्टे तालीममा देशका विभिन्न जिल्लाबाट २०० प्रशिक्षार्थी सहभागी भएको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालीम लिनेमा झण्डै ८५ प्रतिशत विगत २०÷२५ वर्षदेखि नै पदयात्रा पर्यटन क्षेत्रमा काम गर्दै आएका हुनुहुन्छ । विभिन्न विदेशी राष्ट्रबाट आउने पर्यटकबाट ‘पोर्टर गाईड’को ‘लाइसेन्स’ भएका व्यक्तिको माग हुन थालेसँगै यस किसिमको तालीममा आकर्षण बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।
पदयात्रामा जाने पर्यटकका लागि भूगोल, वनस्पतिको पहिचानका साथै भाषा, संस्कृतिलगायतका विविध पक्षमा जानकारी भएका पोर्टर गाइड आवश्यक हुने अवस्थालाई दृष्टिगत गरी प्रशिक्षकको व्यवस्था गरिएको छ ।
नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणि लामिछाने, प्रबन्धक सूर्य थपलियासहित विभिन्न क्षेत्रसम्बद्ध १८ विज्ञबाट तालीम प्रदान गरिएको अध्यक्ष भुजेलले बताउनुभयो । यही फागुन ६ गतेदेखि शुरु तालीम १५ गते सकिने छ ।
क्याटेगोरी : पर्यटन
ट्याग : #पोर्टर गाइड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्