आन्तरिक पर्यटनलाई बढवा दिऔं भन्ने मूल मर्मसहित अन्नपूर्ण पदयात्रामा २० महिला
जना महिलाहरु अन्नपूर्ण पदयात्रा सम्पन्न गरी बुधवार काठमाडौं फर्किएका छन् ।
‘साथसाथै’ नामक संस्थाको संयोजनमा ती महिलाहरुले पोखरादेखि अन्नपूर्ण बेस क्याम्प (एबीसी) पदयात्रा गरेका हुन् ।
महिलाहरुले अन्नपूर्ण आधार शिविरमा पुगेर राष्ट्रिय झण्डालाई फहराई पर्यटन क्षेत्रमा वृद्धिविकास गर्न र प्रर्वद्धन गर्नकोलागि सन्देशमूलक कार्यक्रम गरेका हुन् ।
लामो समयदेखि कोभिडले आक्रान्त बनाई रहेको बेला विभिन्न क्षेत्रका महिलाहरु यसरी पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नको लागि पैदल यात्रा गर्दै शिविर पुगेका हुन् ।
‘साथसाथै’ संस्थाको संस्थाका अध्यक्ष प्रजिता कार्कीले अन्नपूर्ण बेस क्याम्पमा पुगेर आम नेपालीहरुलाई आफ्नै देशमा भएका विभिन्न पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्न अनुरोध गर्नुभयो ।
यात्राका क्रममा पदयात्रा टोलीले स्थानीय खाना, संस्कृति र पहिरनको समेत प्रचारप्रसार गरेको थियो । उनीहरु प्लाष्टीक प्रयोग बन्द गरौं भन्ने सन्देश समेत दिएका थिए । यात्राका कुनै पनि ठाउँमा उनीहरुले प्लाष्टिक सामान प्रयोग गरेनन् ।
विश्व पर्यटन दिवसको सन्दर्भ पारेर १० दिन अघि साथसाथै टोली एबीसी पदयात्रा हिँडेको थियो ।
‘हामीलाई लामो समय कोभिडले घर भित्रै बस्न बाध्य बनायो तर अब भने हामी आफ्नै देशको प्रकृतिसंग रमाउन सिक्नुपर्छ । कोभिडले झनै महिलाहरुलाई बढी असर गरेको छ । महिलाहरु त्यसैपनि घर भित्रै सिमित हुन्छन् यस्तो बेला प्रकृतिसँग रमाउन सके स्वास्थ्यको लागि निकै फाईदा हुने पदयात्राकी अगुवा कार्कीको भनाई छ ।
नेपालको पर्यटन क्षेत्रलाई आमूल परिर्वतन र विकास गर्नकोलागि पुरुषसरह महिलाहरु पनि साथसाथै पर्यटन क्षेत्रको विकास गर्न र स्वयम आफ्नो स्वास्थ्यलाई स्वस्थ बनाउन पनि पर्यटन क्षेत्रको भ्रमण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
कोभिडको संक्रमण बढेपछि अन्य क्षेत्र झनै पर्यटन क्षेत्र पनि अछुतो रहन सकेन जसले गर्दा पर्यटन क्षेत्रमा आबद्ध व्यवसायीहरु निकै नै अफ्ठयारोमा परेको झीनु भिलेज होटेल इभर ग्रीन रेस्टुरेन्टका सञ्चालक देवी प्रसाद आचार्यले बताउनुभयो । कोभिडकै कारण दुई वर्ष यता पर्यटन क्षेत्र ठप्प छ । पर्यटन क्षेत्रलाई नै पेशा बनाएका व्यवसायीहरुको रोजीरोटीमा गाह्रो परिरहेको बेला यसरी नेपालकै महिलाहरु भ्रमणमा आउँदा आफूलाई निकै खुशी लागेको आचार्यले सुनाउनुभयो ।
पर्यटन व्यवसायी बेम्बो टि हाउसका सञ्चालक सुकमाया गुरुङ पनि लामो समयदेखि पर्यटन व्यवसायीमा काम गर्दै आउनुभएको थियो ।
‘साथसाथै’ संस्थाबाट पहिलो पटक अन्नपूर्ण आधार शिविरका लागि महिला दिदीबहिनीहरुलाई देख्दा आफूलाई खुशी लागेको बताउनुभयो । नेपालबाट आउने पर्यटक मध्ये महिलाहरुको यो सबै भन्दा ठुलो समुह हो । विगतको दिनमा विदेशी पर्यटक महिला पुरुष आए पनि नेपाली महिलाहरु त्यति नआएको सुकदेविले जानकारी दिनुभयो ।
पहिलो पटक अन्नपूर्ण आधार शिविरमा विभिन्न क्षेत्रमा आबद्ध नेपाली महिला पर्यटकहरु आएको देख्न पाउँदा शिविरका व्यवसायीहरुलाई खुशी लागेका बताए । शिविरका पर्यटन व्यवसायीहरुले भने कोविडको बेला विदेशी पर्यटकहरु आउन नपाए पनि आफ्नै देशको पर्यटकहरु अन्नपूर्ण आधार शिविर आउँदा आफूहरुको व्यवसायी पुनः सञ्चालन हुने बताए ।
विशेष गरी नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमै चिनाउन र आर्थिक रुपमै बलियो बनाउन साथै कोभिडकै कारण घर भित्र बस्न बाध्य महिलाहरु पनि पुरुष सरह पर्यटन क्षेत्रमा भ्रमण गरी महिला आत्मनिर्भर गर्नको लागि यो कार्य थालनी गरेको हो ।
साथै संस्थाले यात्राका क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रमा जथाभावी फालिएका फोहर, प्लास्टीकका कागज र डब्बाहरु जम्मा गरी पोखरा ल्याएर फोहोर फ्याँक्ने गाडीमा व्यवस्थापन गरेको थियो । जसले गर्दा पुन पर्यटकीय क्षेत्रमा कुनै पनि पर्यटकले जथाभावी फोहोर नगुरुन भन्ने सन्देश संस्थाले दिन खोजेको संस्थाका अध्यक्ष कार्कीले बताउनुभयो ।
११ गते शिविरका लागि प्रस्थान गरेका विभिन्न क्षेत्रका महिलाहरु बुधबार फर्किएका हुन् ।
उक्त पर्यटकीय क्षेत्रमा पुग्न बाटाघाटा पुलपुलेसाहरुको विकास नहुदा पर्यटकीय क्षेत्रमा असर परेको महिलाहरुले प्रत्यक्ष शिविर पुग्दा अनुभव गरेको बताए ।
पर्यटनबाहेक महिलालाई नेतृत्वदायी भूमिकामा पुर्याउने विभिन्न अभियान आगामी दिनमा सुरु गर्ने संस्थाको लक्ष्य रहेको जनाइएको छ । यो कार्यक्रममा जीओमी मोवाइल र एसियन फार्मसिटिकल्सले पनि सहकार्य गरेको थियो ।
क्याटेगोरी : पर्यटन
ट्याग : #अन्नपूर्ण पदयात्रामा २० महिला
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
- ८मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
तपाईको कमेन्ट लेख्नुहोस्