Techie IT
मंगलबार, जेठ १५,२०८१

नेपालको गन्तब्य कर्णालीको रारा भन्दै लायन्स क्लबको भ्रमण


विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म नेपालमा नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।  विदेशी पर्यटकमा निर्भर हिमाल आरोहण, पदयात्रा र होटल व्यवसाय यसको मारमा परेका छन्।
आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई कोरोनाले नराम्ररी असर पारेपछि त्यसको पुनः उत्थानका उपायको खोजी शुरु भएको छ।

यसै सन्र्दभमा सर्लाही जिल्लाको लालबन्दीमा अवस्थित लायन्स क्लबद्वारा संचालित लायन्स बचत समुहले बिश्वको गन्तव्य नेपाल,नेपालको गन्तब्य कर्णालीको रारा भन्ने मुल नारालाई सफल बनाउन एक हप्ते रारा अवलोकन भ्रमण आजबाट सुरु गरेको छ।

भ्रमणटोलीलाइ लालबन्दी नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष सुरेन्द्र न्यौपान्ने र नेपाली काङ्ग्रेसका नगरसभापति प्रशान्त आचार्य,यूवा व्यबसायि प्रकाश मानन्धरद्वारा भ्रमण सफलताको शुभकामना व्यक्त गर्दै खादा र डायरि कलम प्रदान गरि बिदा गर्नु भएको थियो।


क्याटेगोरी : पर्यटन
ट्याग : #नेपालको गन्तब्य कर्णालीको रारा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
27°
Mostly Cloudy
5:08 am6:53 pm +0545