तारकेश्वरमा ‘चौथो मेयर रनिङ शिल्ड’ : पाँच हजार विद्यार्थीले भाग लिने
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकामा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
तारकेश्वर नगरपालिकाको आयोजनामा ‘खेल तारकेश्वरको सन्देश एकताको’ भन्ने मूल नारासहित आगामी यही मङ्सिर १३ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।
नगरप्रमुख कृष्णहरि महर्जनले प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्रका ६० विद्यालयका करिब पाँच हजार विद्यार्थीले भाग लिने जानकारी दिनुभयो ।
मङ्सिर २० गतेसम्म हुने प्रतियोगितामा फुटबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, कराते, उसु, तेक्वान्दो, चेसलगायत १२ विधाका खेल खेलाइने उहाँले बताउनुभयो ।
खेलमा १८ वर्ष मुनिका बालबालिका सहभागी हुनेछन् । प्रतियोगिताको व्यवस्थापनका लागि राजेन्द्रप्रसाद तिमिल्सिनाको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ ।
कूल २३४ पदकको लागि प्रतिस्पर्धा हुने प्रतियोगिताको उद्घाटन वडा नं ८ को पिपलडाँडा मैदानमा र समापन वडा नं ५ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालय परिसरमा हुनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हासिल गर्नेलाई क्रमशः रु एक लाख, ६० हजार, ४० हजार र २० हजार नगद, शिल्ड र प्रमाणपत्र वितरण गरिने छ ।
तारकेश्वरको टोलीले राष्ट्रपति रनिङ शिल्डमा पछिल्ला दुई वर्ष काठमाडौँ जिल्लामा पहिलो स्थान हासिल गर्न सफल भएको थियो ।
क्याटेगोरी : खेलकुद, स्थानीय
ट्याग : #मेयर रनिङ शिल्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्