दक्षिण एसियाली नेटबल च्याम्यिनसिप हुने
नेपाल नेटबल संघले दक्षिण एसियाली नेटबल च्याम्यिनसिप गर्ने भाद्र – नेपाल नेटबल संघले दक्षिण एसियाली नेटबल च्याम्यिनसिप गर्ने भएको छ । संघले प्रथम पटक दक्षिण एसियाली यू(१६ नेटवल च्याम्यिनसिप गर्न लागेको हो।
आगामी कात्तिक १ गतेदेखि ५ गते सम्म आर्मी फिजिकल तथा स्पोर्ट सेन्टर लगनखेलमा उक्त प्रतियोगिता हुन लागेको नेपाल नेटबल संघले आईतवार राजधानीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
प्रतियोगितामा कुल ६ वटा देशका खेलाडीहरु सहभागि हुने नेपाल नेटवल संघका महासचिव दिपक लामाले पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा आयोजक नेपाल, भारत,बंगलादेश,पाकिस्तान, श्रीलंका र मल्दिभ्सको सहभागिता रहनेछ ।
लिगकप नकआउटमा खेलाउने यस खेलमा १० मिनेटको दरले ४० मिनेटको खेल हुनेछ । यस प्रतियोगितामा प्रति टिम १७ जनाको टिम हुनेछ भने १५ जना अम्पायर र अफिसियल हुने लामाले बताए ।
अन्तराष्ट्रिय अम्पायरमा सिंगापुर,पाकिस्तान, श्रीलंका,भारतवाट दुई, दुई जनाको दरले कुल आठ र बाँकी नेपालवाट पनि दुई जना रहनेछन् । उक्त प्रतियोगिताको लागि भदौं २१ गते छनोट प्रक्रियाद्धारा ६८ जनावाट ३७ जना र ३७ जनावाट २२ जना छनोट भएका छन् । २२ जनावाट पनि १२ जनालाई असोज दोस्रो सातावाट बन्दसत्रमा राखिने छ ।
यसअघि स्कुल स्तरिय यू १६, यू २१ र सिनियर गरि विभिन्न स्तरमा नेटवल प्रतियोगिता हुँदै आएको भएपनि दक्षिण एसियाली यू १६ नेटवल प्रतियोगिता भएको भने यो पहिलो पटक हो । उक्त प्रतियोगिता नेपालका खेलाडीहरुलाई अन्तिराष्ट्रिय स्तरमा चिन्ने अवसर पनि भएको आयोजकको दाबी छ ।
काठमाडौको कुल ३२ वटा विद्यालयमा नेटवल खेलको अभ्यास हुने गरेको आयोजकले बताएको छ । कसरी खेलिन्छ नेटवल र ? नेटवल खेल क्यानडावाट सुरु भएको हो विस्तारै यसको विस्तार हुँदै एसियन च्याम्पियनसिप, साउथ एसियन च्याम्पियनसिप सम्म आईपुगेको छ । नेटवल गल्र्सहरुले मात्र खेल्ने खेल हो ।
यसको एउटा टिममा १२ जना खेलाडी सहभागि हुनेछन् भने १२ जना मध्ये ७ जना पोजिसन अनुसार खेल्नेछन् जसमा सेन्टर, जिके,गोलस्टार,गोल किपर,डिफेन्स,गोल सुटर गोल याट्याक्करहरुको भूमिकामा रहेर खेल्नेछन् यिनीहरुको नै मुख्य भूमिका रहनेछ ।
यस खेलमा सेन्टरले सबैतिर खेल्न पाईने छैन् गोल सुटर र गोल याट्याक्करले मात्र गोल सुट गर्न पाउने छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #नेटबल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्