विश्व विनायक बन्यो समुह विजेता

प्रदीप ढकाल ,भक्तपुर
जेष्ठ २६, शनिवार ।
भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको भक्तपुर जिल्ला लिग २०८०।०८१ को शनिवारको खेलमा जित हातपार्दै विश्व विनायक क्लव समुह विजेता बनेको छ। भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा शनिवार दिउँसो सम्पन्न खेलमाविश्व विनायक क्लवले भक्तपुर यूनाइटेड फुटवल क्लवलाई ४–२ गोल अन्तरले पराजित गरेको हो। विश्व विनायक क्लवको तर्फबाटअर्बिन श्रेष्ठले २ गोल तथा नबीन कुटु र मदन प्रजापतिले एक एक गोल गरे। भक्तपुर यूनाइटेडको तर्फबाट विवेक कवांन एक्लैले दुईगोल गरे। खेलको म्यान अफ दी म्याच विश्व विनायक क्लवका अर्बिन श्रेष्ट घोषित भए ।
जितसगैं विश्व विनायक क्लव समुह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने भक्तपुर यूनाइटेड फुटवल क्लव समुह उपविजेताबन्दै सेमिफाइनल प्रवेश गरेको हो । प्रतियोगितामा जम्मा ९ क्लबको सहभागिता रहेको र प्रतियोगिताको बिजेताले नगद १ लाख तथा उपविजेताले नगद ५० हजार पाउने पनिआयोजकले जनाएको छ। प्रतियोगिताको प्रथम सेमिफाइनल खेल सोमबार दिउँसो ४ बजे भक्तपुर बहुमुखी क्याम्पसको फुटबलमैदानमा हुने छ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्