छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीपको उपाधि काठमाण्डौलाई
छैठौं काठमाडौं, असार ८ – नेपाल साम्बो फेडरेसनले आयोजना गरेको छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीपमा काठमाण्डौको गोङ्गोबु डोजो टिम च्याम्पियन भएको छ । शनिवार काठमाण्डौको नयाँ बजारमा भएको प्रतियोगितामा काठमाडौको गोङ्गबु डोजोले उपाधि उचालेको नेपाल साम्बो फेडरेसनका उपाध्यक्ष रमेश पौडेलले जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा चितवन दोस्रो हुँदा नुवाकोटले तेस्रो स्थान हात पारेको हो । प्रतियोगिताको पुरुषतर्फको २० केजी समुहमा प्रिन्स श्रेष्ठ प्रथम भए भने समिर थापा दोस्रो र स्वर्णिम तेस्रो भए । त्यस्तै २५ केजी समुहमा सागरभर्व मर्हजन पहिलो हुँदा पारस थापामगर दोस्रो भए ।
त्यस्तै ३० केजी समुहतर्फ पुजन बुढामगरले पहिलो स्थान हात पार्दा सिजल घरति मगरले दोस्रो र आयुष वोगटी तेस्रो भए । त्यस्तै ३५ केजी समुहतर्फ प्रमोद श्रेष्ठ पहिलो हुँदा पवन सुनार दोस्रो र रोशन श्रेष्ठ तेस्रो भए । यस्तै ४५ केजी समुहमा संगीत शाह प्रथम,अभिषेक पराजुली दोस्रो र नविन घरति मगरले तेस्रो स्थान हात पारे । त्यस्तै ५५ केजी समुहमा निरज भण्डारीले प्रथम स्थान हात पार्दा विजय सुनार दोस्रो र समिन मल्ल तेस्रो भए ।
यस्तै ६५ केजी समुहमा महेश्वर मर्हजन पहिलो र अतित शर्माले दोस्रो स्थान हात पारे । त्यस्तै ७० केजीतर्फ कृष्णलाल तामाङ पहिलो,अभिम कायत दोस्रो र रविनस तामाङ तेस्रो भए । महिलातर्फ खुल्ला तौल समुहमा निशा घर्तिमगर पहिलो हुँदा रचना लामा दोस्रो भए भने पुरुष खुल्लातर्फ सिरिष श्रेष्ठ पहिलो,सुदन लामा दोस्रो,सुदिप थापा तेश्रो भए । प्रतियोगितामा महिलातर्फ खेलाडी गोगबु क्लबका निसा छन्त्याल र पुरुषतर्फ नुवाकोटका कृष्णलाल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । यसअघि प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटिका पुर्व अध्यक्ष एबम पूर्व आईजिपी धुव्रवहादुर प्रधानले गरेका थिए ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई राखेपका सदस्य अस्मिता गुरुङ,नेकपा नुवाकोटका युवा नेता पुर्णलाल श्रेष्ठ,सशस्त्र प्रहरीका एसएसपि केबी वर्माचार्य समाजसेवी प्रदिप पाठक ९सुमन पाठक०, सघका उपाध्यक्ष बाबुराजा महर्जन ,उपाध्यक्ष रमेश पौडेल,महासचिब उत्तम श्रेष्ठ लगायतले मेडल, प्रमाणपत्र तथा ट««फि वितरण गरेका थिए ।
कार्यक्रममा स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ , राखेपका पुर्वसदस्य नारायण पौडेल,साकुरा नेपालका अनुज कुमार श्रेष्ठ , नेपाल ओलम्पिक कमिटिका पतिनिधि निरज श्रेष्ठ लगायतको उपस्थित रहेको थियो । ओलम्पिक डे २०१९ को अवसरमा प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ ।
नेपाली साम्बोलाई जिल्लागत रुपमा पुरयाउन मद्दत पुग्ने भएकोले प्रतियोगिता आयोजना गरेको नेपाल साम्बो फेडरेसनका उपाध्यक्ष रमेश पौडेलले बताए । साम्बो खेलाडीलाई राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको रुपमा स्थापित गराउने , क्षमता अभिवृद्धि गर्न र नवप्रतिभावान खेलाडीलाई अवसर दिन प्रतियोगिताको आयोजना गरिएको नेपाल साम्बो फेडरेसनले जनाएको छ । खेलमा साम्बो महिला र पुरुष गरी १४ तौल समुहको प्रतिस्पर्धामा १ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #साम्बो च्याम्पियनशीप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्