खेलकुद

रुस विश्वकप:पहिलोपटक गोलरहित बराबरीमा रोकियो खेल

फ्रान्स र डेनमार्कको खेल गोलरहित बराबरीमा सकिएको छ । मंगलबार भएको खेलमा फ्रान्स र डेनमार्क दुबैले गोल हान्न सकेनन् । तर, दुबै टिम नकआउट चरणमा प्रवेश गर्ने भाग्यमानी बनेका छन् । योसँगै उनीहरु यसविश्वकपमा गोलरहित बराबरीमा रोकिने पहिलो टोली बनेका छन्। यस विश्वकपमा यसअघि भएका ३६ खेलहरु गोरहित बराबरीमा टुंगिएको थिएन्।  चालू विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो ।

बराबरीपछि फ्रान्स समूह सीको विजेता बनेको छ भने डेनमार्क समूहको उपविजेता बनेको छ । फ्रान्स र डेनमार्कको विश्वकपको इतिहासमा यो तेस्रो भिडन्त हो । सन् १९९८ मा फ्रान्सले डेनमार्कलाई हराएको थियो । त्यसको चार बर्षपछि अर्थात सन् २००२ मा डेनमार्कले बदला लिएको थियो । अब फ्रान्सले समूह डीको उपविजेतासँग भिड्ने छ भने डेनमार्कको सामना समूह डीको विजेतासँग हुनेछ ।

Facebook Comments
Tags
Show More

Related Articles