अस्ट्रेलियाका कप्तान जेडिनेकले रचे इतिहास
डेनमार्कसँग १-१ को बराबरी खेल्दै अंक खोसेको अस्ट्रेलियाले विश्वकपमा अन्तिम १६ को सम्भावना कायमै राखेको छ। विश्वकपको समूह सीको खेलमा बराबरीसँगै डेनमार्क अपराजित रहँदै शीर्षमा उक्लिएको छ भने एक खेलमा हार र एक खेलमा बराबरीसँगै अस्ट्रेलियाले पहिलो अंक बटुलेको छ।
दुबै टोलीले पहिलो हाफमा गोल गरेका थिए। क्रिस्टियन इरिक्सनले डेनमार्कलार्इ सुरुवाती अग्रता दिलाएपनि पेनाल्टीमा अस्ट्रेलिकाका मिले जेडिनेकले बराबरी गोल फर्काए हुन्। सातौं मिनेटमा निकोलज जोरगर्सनको पासमा इरिक्सनले गोल गर्दै डेनमार्कलार्इ सुरुवाती अग्रता दिलाएका थिए।
३७अौं मिनेटमा युसुफ पाउल्सनले डी बक्सभित्र बललार्इ हातले छोएपछि रेफ्रिले भिडियो एसिस्टेन्ट रेफ्रीको साहयतामा अस्ट्रेलियालार्इ पेनाल्टी दिएका थिए। जसमा अस्ट्रेलिका कप्तान जेडिनेक बराबरी गोल फर्काए।
योसँगै अस्ट्रेलियाका कप्तान जेडिनाकले विश्वकपका तीनवटै गोलहरु पेनाल्टीमार्फत गर्ने एक्लो खेलाडीको इतिहास रचेका छन्। हालसम्म कुनैपनि खेलाडीले विश्वकपमा लगातार तीन गोल पेनाल्टीमार्फत गरेको थिएन्। अस्ट्रेलियाका लागि तीन गोल गरेका उनले तीनवटै पेनाल्टीबाट गरेका हुन्। आजको गोलसँगै विश्वकपमा अस्ट्रेलियाका लागि सर्बाधिक गोल गर्ने सुचीमा उनी दोस्रो स्थानमा छन्। उनी अघि टिम काहिलले अस्ट्रेलियाका लागि ५ गोल गरेका छन्।
उनी अघि गोल गरेका इरिक्सनले डेनमार्कका लागि पछिल्ला १५ खेल खेल्दा १३अौैं गोल गरेका छन्। उनले खेलेका पछिल्ला १५ खेलमा डेनमार्कले जम्मा १८ गोल गरेको थियो। जसमा १३ गोलसहित उनले ५ मा सहायकको भुमिका निर्वाह गरेका थिए। यो उनको विश्वकपको पहिलो गोल हो।
क्याटेगोरी : खेलकुद
ट्याग : #कप्तान जेडिनेक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्