जापानको टोकियोमा फस्टाउदै नेपाली ग्लोबल बजार
जापान, २२ तारीक। जापानको टोकियो स्थित नेपालीहरुको बाक्लो उपस्थिती रहेको सिन्जुकु नजिकैको ओकोबु नामक सहरमा नुन देखी सुन सम्म,हीरा देखी जिरा अनि लत्ताकपडा र खानेकुराहरू समेत पाइन्छ।
जापानलाइ कर्म थलो बनाउनु भएका व्यबसायी अरुण कुमार श्रेण्ठ ज्यु र उहॉको सम्पुर्ण टीमले संञ्चालनमा ल्याउनु भएको ग्लोबल बजार नामक व्यवसायको व्यवसायीक सफलता र प्रगतिको लागी लाखौ लाख शुभकामनाका साथै हेल्प नेपाल एसोसिएसन जापानको तर्फबाट संथाका अध्यक्ष दिलकाजी महर्जनले पुष्प गुच्छा र दोसल्ला ओढाई बधाई तथा स्वागत दिनुभएको छ ।

टोकियोको नेपाली लगायत विदेशीहरूको बाक्लो बस्ती भएको ओकुबोमा ग्लोबल बजार संचालनमा आएको छ। शुभम कम्पनी जापानले संचालनमा ल्याएको ग्लोबल बजार यहि जुलाई १५ तारिख, बुधबारबाट संचालनमा आएको हो ।

ग्लोबल बजारको नामबाट संचालन भएको उक्त सुपर मार्केटमा नुन देखी सुन सम्म पाईनेछ । अन्तर्राष्ट्रिय फूड र फेशन पाउने सो सुपर मार्केटमा विशेषगरि विदेशी फूड्सको सम्पूर्ण सामग्री,उपलब्द हुने हुने कुरा अरुण कुमार श्रेण्ठ ज्युले बताउनु भयो ।

नेपालमा बनाएका सुनका कलात्मक गरगहनाका सामग्री, ब्रांडेड फेशनका ब्रांडेड कपडाहरू लगायत रेमिट्यान्स पनि कारोबार गरिने संचालक अरुण श्रेष्ठले जानकारी दिनुभयो । जापानको टोकियोस्थित ओकुबो नजिक सुरु हुन लागेको सुपर मार्केटमा सम्पूर्ण तयारी हुदासम्म ३८ करोड जापानी येन लगानी भएको संचालक अरुण श्रेष्ठले बताउनु भयो ।

जापानको ब्यस्त शहर टोकीयोको मुटुमा रहेको ओकोबु स्टेसन नेपालीहरुको घना बस्तिले भरिभराउ छ । श्रेष्ठ भन्नुहुन्छ”यहाँ हजुरहरुको सेवाको लागी ग्लोबल बजार नेपालीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सामान नून देखी सुन सम्म एउटै छत मुनी उपलब्ध गराउने प्रयासको साथमा हामीहरु हजुरहरुको सेवामा प्रयत्नशील रहेका छौँ ।

” यस ग्लोबल बजारको उद्देश्य भनेको जापानमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई आवस्यक पर्ने सम्पूर्ण सामानहरु उपलब्ध गराउनुको साथै आफ्नै देश, आफ्नै भेष आफ्नै रीतीरिवाज आफ्नै परम्परा जगेर्ना गर्नुको साथै आफ्नै देश नेपालमा उत्पादित सामान तथा खरेलु उधोगलाई प्रोत्साहन गर्दै नेपाली सामानको बजार ब्यबस्थापन गर्नु रहेको छ ।
क्याटेगोरी : देश परदेश
ट्याग : #जापानको टोकियो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्