बालाजुमा अवस्थित जनमैत्री हस्पिटलमा क्वारेन्टाइन र आइसोलेसन बनाउन माग

काठमाडौं महानगरपालिका वडा नं १६ अवस्थित जनमैत्री हस्पिटलमा क्वारेन्टाइन र आइसोलेसन बनाउन माग गरिएको छ ।
विगत ६ बर्ष देखि बन्द अवस्थामा रहेको र काठमाडौंको उत्तरी भेगमा गुणस्तरीय हस्पिटल नभएको कारण जनमैत्री हस्पिटललाई पुनः सुचारु गराउन पर्ने माग उठेको छ।
तारकेश्वर नगरपालिकाका युवाहरुले नेपाल सरकारका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसँग भेटेर प्रक्रिया अगाडि बडाउन माग गरेका छन्।
विश्वभर अहिले कोरोना महामारीले आतंकित गरिरहेको छ, नेपाल पनि यो समस्यासँग झुधिरहेको छ। अहिले विदेशमा अलपत्र परिरहेका नेपाली नागरिकलाईलाई स्वदेश फर्काउने तयारी पनि भैरहेको छ। यस्तो अवस्थामा प्रशस्त क्वारेन्टाइन र आइसोलेसन वार्डहरु आवश्यक पर्छ। सरकारले नै प्रयास गरे जनमैत्री हस्पिटललाई ५०० सैया भन्दा माथिको स्तरिय हस्पिटल बनाउन सकिन्छ। सरकारी स्वामित्वमा हस्पिटल चलाउन सकिने उनीहरुको दावी छ ।
नेपाल मानवअधिकार संगठन तारकेश्वर नगरपालिकाका अध्यक्ष हरि तिमिल्सिनाले हस्पिटललाई हाललाई कोरोना रोग नियन्त्रण तथा उपचार गर्ने हस्पिटल बनाउन पर्ने कुरा मन्त्री समक्ष ध्यानाकर्षण गराएको बताए ।
नेपाली कांग्रेस जनसम्पर्क समितिका सभापति भुवानीप्रसाद तिमिल्सिनाले बिदेश मा अलपत्र परि विशेष गरि मध्य पुर्व मा समस्या मा परेका लाई यथा सिग्र नेपाल ल्याउन पहल कदम चल्न अनुरोध गरेका छन। यस्तै तारकेश्वर नगरपालिका वडा नं ५ नेपाली कांग्रेसका सभापति शम्भु फुयालले विकास निर्माणमा जोड दिनुपर्ने विषय उठाउका छन।
काठमाडौं नगरपालिका, आसपासका नगरपालिका र आसपासका जिल्ला नुवाकोट , रसुवा र धादिङ्गलाई पनि लाभान्वित पार्नसक्ने भएकोले पनि यो हस्पिटल खुलाउन बिभिन्न निकायहरुबाट चर्को माग उठेको छ ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आबश्यक पक्रिया अगाडी बढाउनका लागी पहल गर्ने र त्यस क्षेत्रका बासीहरुलाई नार्गाजुनमा क्वारेन्टाइन बनाइएको बताएका छन ।
क्याटेगोरी : विशेष
ट्याग : #जनमैत्री हस्पिटल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्