नेपालमा कोभिड — १९ का संक्रमित थपिए जोखिम कायमै , २२ जना निको भएर घर फर्किए
काठमाडौं । नेपालमा कोरोना भाइरस वा कोभिड — १९ का संक्रमित थपिएका छन् । बुधबार पर्सा जिल्लाको विरगञ्जका १७ जनाको नमुना परिक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या कुल ९९ पुगेको छ ।
संक्रमित १० जना परुष र ७ जना महिला रहेका मध्ये एक जना दुई महिने शिशु पनि छन् । संक्रमित सबैको अवस्था भने सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
आजसम्म नेपालमा आरडीटी विधिबाट जम्मा ५२ हजार ९ सय ७० वटा नमुना परिक्षण गरिएको र हालसम्म विभिन प्रदेशमा गरेर १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा र १ सय ३६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
कोसी अस्पतालमा रहेका ६ जना पनि १९ औं दिनको अस्पताल बसाईपछि निको भएर बुधबार घर फर्किएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २२ पुगेको छ ।
फ्लो अपमा पुनः परिक्षण गर्दा ३ जनामा फेरी कोरोना भाइरस पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्या बढेसँगै नेपालमा जोखिम बढदै गएकाले सरकारले लकडाउनको समयावधिसमेत लम्ब्याएर जेष्ठ ५ गतेसम्म कायम गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #संक्रमित थपिए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्