Techie IT
बुधबार, चैत्र १२,२०८१

नेपालमा कोभिड — १९ का संक्रमित थपिए जोखिम कायमै , २२ जना निको भएर घर फर्किए


काठमाडौं । नेपालमा कोरोना भाइरस वा कोभिड — १९ का संक्रमित थपिएका छन् । बुधबार पर्सा जिल्लाको विरगञ्जका १७ जनाको नमुना परिक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या कुल ९९ पुगेको छ ।

संक्रमित १० जना परुष र ७ जना महिला रहेका मध्ये एक जना दुई महिने शिशु पनि छन् । संक्रमित सबैको अवस्था भने सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

आजसम्म नेपालमा आरडीटी विधिबाट जम्मा ५२ हजार ९ सय ७० वटा नमुना परिक्षण गरिएको र हालसम्म विभिन प्रदेशमा गरेर १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा र १ सय ३६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोसी अस्पतालमा रहेका ६ जना पनि १९ औं दिनको अस्पताल बसाईपछि निको भएर बुधबार घर फर्किएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २२ पुगेको छ ।

फ्लो अपमा पुनः परिक्षण गर्दा ३ जनामा फेरी कोरोना भाइरस पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्या बढेसँगै नेपालमा जोखिम बढदै गएकाले सरकारले लकडाउनको समयावधिसमेत लम्ब्याएर जेष्ठ ५ गतेसम्म कायम गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : विशेष
ट्याग : #संक्रमित थपिए


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:59 am6:19 pm +0545