टोखा , तारकेश्वरका किसानहरुलाई गहुँ भित्र्याउने चटारो (फोटोफिचर)

काठमाडौ । धानपछिको मुख्य अन्नबाली हो गहुँ । टोखा , तारकेश्वरनगरपालिकाका किसानहरुलाई अहिले गहुँ भित्र्याउने चटारो छ । धेरै क्षेत्रमा घर निर्माण भएर खेतीयोग्य जमिन हराए पनि कतिपय क्षेत्रमा अहिले पनि धेरै गहुँ खेती गरिन्छ । कात्तिक, मंसिर महिनामा धान काटेपछि खेतमा लगाइएको गहुँ अहिले भित्र्याउने बेला भएको छ ।
किसानहरु परम्परागत तरिकाले नै गहुँ चुटेर भित्र्याउने गरिरहेको भए थेचर मेसीनबाट सहज हुने हुँदा किसानहरु आकर्षित छन् ।
गहुँ पाकेर पहेलपुर भएका छन् । किसानलाई कोरोना त्रासभन्दा गहुँ बाली भित्र्याउने चिन्ता छ । यतिबेला गहुँ काट्ने, माड्ने र भित्र्याउने बेला हो।गहुँ काट्ने सिजनमा दिनहुँजसो पानी पर्न थालेपछि भने किसान चिन्तित छन्।
मौसममा आएको खराबीका कारण किसानलाई गहुँबाली भित्र्याउन समस्या भएको छ । प्रायःजसो केही सातादेखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश कृषकलाई पाकेको अन्नबाली भित्र्याउन समस्या भएको हो ।
एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले आफूहरुले पाकेको गहुँ काट्न नपाएको तारकेश्वरका कृषक शालिकराम श्रेष्ठ बताउछन । उहाँ भन्छन, “कतिपय किसानले काटिसकेको गहुँ पनि सुकाउन झार्न पाएका छैनन् । उनीहरुजस्तै सबै किसानको उस्तै समस्या हो, पाकेको गहुँ खेतमै कुहिने अवस्था छ ।”
क्याटेगोरी : विशेष
ट्याग : #तारकेश्वरका किसानहरु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्