लक डाउनले पनि छोयन तारकेश्वरमा डाँडामास्ने काम
बैशाख ११ , तारकेश्वर काठमाडौ । यतीबेला कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि बिश्वभर लक डाउनको अवस्था छ । लक डाउनका कारण , खाध्यान्न पसल , स्कुल , ब्यापार ब्यवसाय चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ । लक डाउनकै कारण देशका राष्ट्रिय गौरवका आयोजना समेत बन्द छन ।
तर काठमाडौको तारकेश्वरमा जग्गा प्लटिङ्ग गर्ने , सार्बजनिक डाँडामास्न लकडाउनले कुनै प्रभाव पारेको छैन । बिशेष गरि तारकेश्वरको २ नं वडामा अवस्थित देवीथान र साङ्गलाका केही प्लटिङ्गहरुमा खुलेआम डोजर चलिरहेका छन ।
https://www.facebook.com/sajhapana/videos/2685381368362308/
कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि सरकारले सामाजिक दुरी कायम गर्नेको लागी कडाईका साथ लागु गरेता पनि तारकेश्वरको २ नं वडामा अवस्थित देवीथानको प्लटिङ्गमा ३० जना भन्दा बढी कामदार एकै ठाउँमा जम्मा भई काम गरि रहेका छन , न त उनीहरुसंग माक्र्स पन्जा नै छ न त सुरक्षा कवज नै , सरकारलाई चुनौती दिने गरि यस्तो हर्कत हुँदा समेत तारकेश्वर नगर र प्रहरी प्रशासन मौन छ ।
क्याटेगोरी : विशेष
ट्याग : #तारकेश्वरमा डाँडामास्ने काम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्