सातदोबाटो–चापागाउँ सडकको एकएक हिसाब खोज्दै स्थानीय
काठमाडौं, १७ कात्तिक । ललितपुर जिल्लाको सातदोबाटो हुँदै हेटौंडा जाने कान्तिलोकपथ सडक निर्माण नहुँदा स्थानीयले हैरानी भोग्नु परेको छ ।
भत्किएको सडकको हिलो र धुलोले चापागाउँ, ठेचो र सुनाकोठीको सडक हिँड्नै नसकिने गरी बिग्रिएको छ । सडक बिग्रिएको वर्षौं भइसक्दा पनि सरोकारवाला निकायले सडक बनाउने वा मर्मत गर्ने विषयमा ध्यान दिएका छैनन् । ठेकेदार र सो क्षेत्रका जनप्रतिनिधिहरू पनि कानमा तेल हालेर बसेका छन् । उनीहरूले स्थानीय जनताको मागको सुनुवाइ समेत गरेका छैनन् ।
धुलोका कारण स्थानीयलाई समस्या भएपछि गोदावरी नगरपालिकाले बाटोमा बेलाबेला ट्यांकरबाट पानी हाल्ने गरेको छ । धुलो नउडोस् भनेर हाल्ने पानीका कारण सडकमा चिप्लिएर दैनिक ५० भन्दा बढी मोटरसाइकल लड्ने गरेको स्थानीयले बताएका छन् ।
तीन महिना अगाडि ललितपुर जिल्लाका प्रतिनिधि सभाका सांसद पम्फा भुसाल, नवराज सिलवाल, प्रदेश सांसद चेतनाथ सन्जेल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन प्रमुख र ठेकदारबीच कात्तिक मसान्तसम्म यथास्थितिमा कालोपत्र गर्ने लिखित सहमति भएको थियो । कात्तिक मसान्त सक्किने बेला भइसक्यो । तर, सरोकारवाला निकायले सडक अहिलेसम्म सिन्को पनि भाँचेको छैन ।
कात्तिक मसान्तसम्म पनि सडक कालोपत्र नहुने देखेपछि सयौँ स्थानीयहरूको भेलाले रामभक्त महर्जनको संयोजकत्वमा २५ जनाको संघर्ष समिति गठन गरेको छ । संघर्ष समितिले सडक बनाउन दवाव दिँदै आएको छ ।
समितिले गोदावरी नगरपालिकालाई पनि सडक बनाउन केन्द्र सरकारलाई दवाव दिन आग्रह गरिसकेको छ ।
सडकको दुरदशाबाट जानकार प्रदेश सांसद चेतनाथ सन्जेल भने सरोकारवाला निकायलाई दवाव दिएर सडक मर्मत र सुधार गर्नेभन्दा पनि स्थानीयले राजनीति गर्न थालेको भन्दै आक्रोश पोखेका छन् । त्यही क्षेत्रका जनताको भोटले प्रदेश सांसदमा निर्वाचित सञ्जेलले आफूलाई जनताको मागभन्दा टाढा राख्न खोजेपछि स्थानीयहरू आक्रोशित बनेका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #सातदोबाटो–चापागाउँ सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्